एमसीसी संसदबाट पास भए सडकबाट खारेज गरिने दावी

बुटवल,फागुन१५गते।अमेरिकन परियोजना एमसीसीविरुद्व आइतबार पनि देशभर प्रदर्शन गरिएको छ। संसदबाट एमसीसी पास गर्ने तयारी भैरहेको अवस्था रुपन्देहीको बुटवलमा पनि एमसीसीविरुद्व प्रदर्शनका साथै सभा गरिएको छ। नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी,नेकपा,नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले एमसीसीविरुद्व बुटवल प्रदर्शन गरेका हुन्। बिरोध प्रदर्शनपछि आयोजित सभामा बोल्ने दलका नेताहरुले एमसीसी अनुदान नभएर लगानी भएकाले देशको हितमा नभएको बताए। जुनसुकै देशले दिएको अनुदान ल्याउन सकिने बताउंदै शैन्य रणनीतिसंग जोडिएर आएको एमसीसी संसदबाट पास भए देशले संकट भोग्ने उनीहरुको भनाइ छ।


उक्त सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेकाले खारेज गर्नुपर्ने बताए। राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी अमेरिकाको लगानी भएको बताउंदै एमसीसी लागु भए अमेरिकाले आफ्नो लगानी उठाउन जुनसुकै बेला पनि नेपालमाथि हस्तक्षेप गर्ने बताए।व्याख्यात्मक भनेर जनतालाई झुक्काउने खेल भएको बताउंदै कुनैपजि व्याख्या विश्लेषणको मान्य नहुने एकमात्र सर्त एमसीसी खारेज गर्नुको अर्को विकल्प नभएको बताए।
नेकपा केन्द्रिय सदस्य कृतिले पैशासंग देशलाई बेच्न नसकिने बताए । उनले एमसीसीको नाममा गरिने भन्ने विकास नेपाली जनतालाई झुक्काउने षडेयन्त्र भएकाले एमसीसी पूर्णरुपले खारेज नभए सडकको आन्दोलनबाट खारेज गरिने दावी गरे। नेकपा माओावदी केन्द्र समाजबादीका विनोद उपाध्यायले गलत ढंगले आएको एमसीसीले देशमा विद्रोहको स्थिती सृजना गरेकाले खारेज गर्नुपर्ने बताए। सभा अघि बुटवलको नयां वसपार्कबाट एमसीसीविरुद्व जुलुस निकालिएको थियो ।