एमसीसीवीरुद्व नेपाल बन्द

बुटवल,फागुन१६गते।अमेरिकाको एमसीसी परियोजना राष्ट्रघाती भएको र संसदबाट पास भएपछि देशको लागि राष्ट्रघाट भएको बताउंदै त्यसका विरुद्व आज नेपाल बन्दको आहन गरिएको छ। शुरुदेखि एमसीसी परियोजनाको विपक्षमा रहेका राजनीतिक दलहरुले नेपाल बन्दको आयोजना गरेका हुन्।


नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्व नेकपा, ऋषी कट्टेल नेतृत्व नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायतका दलले नेपाल बन्दको आयोजना गरेका हुन्।
संसदबाट हिजो फागुन १५ गते एमसीसी पास भएपछि त्यसको बिरोधमा देशभर मसाल जुलुस प्रदर्शन गरेका राजनीनितक दलहले आज संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेका हुन्।बन्दको यस क्षेत्रमा बिहानैदेखि प्रभाव परेको छ। सडक सुनसान छन् भने स्कुल कलेजका गाडिहरु चलेका छैनन्।