एमसीसी संसदबाट फिर्ता गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

बुटवल,फागुन१९। संसदबाट पास भएको अमेरिकी परियोजना एमसीसीले नेपालको स्वाभिमान र अस्मितामाथि आंच पुराएको स्वतन्त्र नागरिक समूह नेपालले बताएको छ। स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्े र महासचिव टोपबहादुर केसीले बिहीबार विज्ञप्ती निकाली एमसीसी परियोजना नेपालको हितमा नभएकाले बुद्दिमतापूर्वक विवेक पुराएर संसदबाट फिर्ता गरी रद्द गर्नुपर्ने बताएका छन्।
संसदबाट पास गरिएको एमसीसी सम्झौता स्वतन्त्र नागरिक समूहले खारेज गर्न दवाव दिदै आएकाले यो सम्झौता खारेज गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।


देशभक्तिपूर्ण सुझावलाई आत्मसाथ गरिएन भने राज्य व्यवस्था नै परिवर्तनका लागि निरन्तर महान बहस र संघर्ष गर्ने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ।
अन्ध राजनीतिक नेतृत्वले बिदेशीसंग भिख मागी देश, जनताको सर्वोच्चता गिराउने अति घृणित र निन्दनीय कामले नेपालीलाई दास बनाउने काम भएकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ।
आपसी भाइचारा अभिवृद्दि गर्दै हाम्रो श्रोत,साधनको समूचित प्रयोग गरी हामी सम्वृद्दितर्फ लाग्नुपर्छ भन्ने मान्यताका साथ हाल सरकारले संसदबाट पास गरेको एमसीसी परियोजनाले हाम्रो स्वाभिमान र अस्मितामाथि बलत्कार गरेकाले यो एमसीसी सम्झौता गलत भएकाले खारेज गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ।