बुटवलमा मनाइयो संयुक्त रुपमा महिला दिवस

बुटवल,फागुन२४गते। मंगलबार देशभर १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ। विभिन्न कार्यक्रम गरी देशभर श्रमकि महलिा दिवस मनाइयो। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिन्छ। सामाजिक न्याय र लैंिगक समानता दीगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ यसवर्षको श्रमिक महिला दिवस मनाइएको छ।

महिला अधिकार, जागरण र समानताका लागि हरेक वर्ष मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस केही वर्षदेखि नेपालमा पनि मनाउन थालिएको हो। विश्वमा श्रमिक महिला दिवस मनाउन लागेको १ सय १२ वर्ष पुगेपनि नेपालमा भने २०१६ सालदेखि मात्रै औपचारिक रुपमा मनाउन थालिएको हो। मंगलबार रुपन्देहीको बुटवल भैरहवाका साथै विभिन्न ठाउं तथा स्थानीय तहहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुमा १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ। विभिन्न राजनीतिक दलहरुका महिला संगठनहरुले पनि कतै एकल कतै संयुक्त रुपमा दिवस मनाएका छन्।


यस्तै रुपन्देहीको बुटवलमा चार राजनीतिक दलका महिला संगठनहरुले संयुक्त रुपमा १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। मनाएका छन्। राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओावादी, विप्लब नेतृत्व नेकपा र बैज्ञानिक समाजवादी पार्टी निकट महिला संगठनहरुले संयुक्त रुपमा श्रमिक महलिा दिवस मनाएका हुन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा महिला संगठनहरुले र्याली निकालेका थिए।

र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै महिला संगठनका नेतृहरुले महिला हरुमाथि हुने विभेद कायमै रहेको बताएका छन्। उक्त कार्यक्रममा अखिल नेपाल महिला महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष धिरेन्द्र उपाध्याय, अखिल नेपाल महिला संघ रुपन्देही सचिव दुर्गा आचार्य, वैज्ञानिक समाजवादी महिला संगठनकी लुम्बिनी प्रदेश संयोजक सकुन्तला गैरे,अखिल नेपाल क्रान्तिकारी महिला संघकी निमकला, शान्ता खनाल लगायतले बोल्दै महिला अधिकार र समानताका लागि महिला एकता आजको आवश्यक्ता रहेको बताए। व्यवस्था परिवर्तन भएपनि, देशमा नयां संविधान बनेपनि महिला अधिकार सुनिश्चित हुन नसकेको महिला नेतृहरुको भनाइ छ। महिला हिंसाको न्यूनीकरणसमेत हुन नसकेको र हत्या हिंसा, भ्रष्टाचार र कालोबजारी बढ्दा पनि सरकारले केही गर्न नसकेको महिला नेतृहरुको भनाइ छ। देशको राष्ट्रियहित, अधिकार प्राप्तीका साथै १९५० लगायतका असमान सन्धि सम्झौता खारेज र अमेरिकाको एमसीसी परियोजना खारेज गर्न र कम्युनिष्ट पार्टीको राज्यव् यवस्था कायम गर्ने अभियानमा एकतावद्व भएर लाग्ने महिला नेतृत्हरुले प्रतिवद्वता जनाएका छन्। अखिल नेपाल महिला संघकी नेतृ शान्ता पौडेलको अध्यक्षता र उषा पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो।