श्यामलाल पोखरेल
बुटवल,फाुन२६गते।रुपन्देहीमा घरघरमै पुगेर कोरोना भाइरस विरुद्वको खोप लगाउन थालिएको छ। कोरोना विरुद्वको पहिलो र दोस्रो डोज खोप लगाउन छुटेकाहरुका लागि घरघरमा पुगेर खोप कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो र दोस्रो डोज खोप पुरा गर्नका लागि खोप कार्यक्रम जारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी गराउनुभयो। रुपन्देहीमा १० लाख ८७ हजार जनसंख्या छ । जसमा १२ वर्ष माथिका ८ लाख ३५ हजार ७ सय ९० जनालाई खोप लगाउने लक्ष्य अनुसार बिहीबारसम्म ८ लाख २० हजार ९ सय जनाले पहिलो डोज लगाई सकेको खोप अधिकृत भेषराज शर्माले जानकारी गराउनुभयो।

खोप अधिकृत शर्माका अनुसार ६ लाख ८३ हजार ५७ जनाले दोस्रो डोज खोप लगाएका छन्।त्यस्तै अंग्रपङ्तीमा रहनेहरु १९ हजार जनाले मात्र बुष्टर खोप लाएका छन् ।अबको एक हप्ता भित्रमा रुपन्देहीमा ८ लाख २० हजार जना भन्दा बढी ब्यक्तिलाई दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ। स्वास्थ्य मापदण्ड अनुसार रुपन्देहीवासी सबैलाई कोराना विरुद्वको खोप पुरा गर्नका लागि रुपन्देहीका सबै स्थानीय तहमा हप्ताको दुई दिन खोप कार्यक्रम सञ्चालन गरिएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका कोराना विरुद्वको पूर्णखोप नगरपालिका बनेका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले कोराना विरुद्वको पूर्णखोप हुने सम्वभवत विश्वमै पहिलो र नेपालको हकमा तिलोत्तमा र सैनामैना पहिलो स्थानीय तह बनेको बताउनुभयो। कोभिड संक्रमण नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीमा खोज र खोप अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय रुपन्देहीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउंदै गएको छ। स्वास्थ्यकर्मी,महिला स्वंयसेवीका, जनप्रतिनिधि,संघसस्था,नागरिक समाज,टोलविकास संस्थाहरुको सहयोगमा रुपन्देहीका सबै स्थानीय तहहरुमा स्वास्थ्य कार्यालय रुपन्देहीले यस अघि नै खोजर खोप अभियान सञ्चालन गरेको थियो।