जनताले एमाले खोजेका छन्– विष्णु पौडेल

बुटवल,फागुन३० गते।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देउवा नेतृत्व सरकार असफल भएको बताएका छन्। असफल सरकारबाट जनताले कुनै आशा अपेक्षा गर्नै नहुने बताए। यो सरकारबाट देशको सम्वृद्वि सम्भव छैन, त्यसैले जनताले एमालेलाई खाजेको बताए। कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पुरा हुन्छ, ढुक्क भएहुन्छ भने । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पुरा होला नहोला भन्ने विषयमा कसैले आशंका नर्गन आग्रह गरे । नेकपा एमाले बुटवलले सोमवार बुटवलमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै ‘जबजमा कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने पाँचौँ महाधिवेशनमा मदन भण्डारीले लेख्नुभएको छ भन्दै नेता पौडेलले दावी गरे। कालीगण्डकीको पानी तिनाउमा ल्याउँछौँ ।’ उनले आयोजनाको कार्यान्वयन कसैले रोक्न नसक्ने बताए। ‘आयोजनाको अदालतमा मुद्दा पनि परेको छ। डीपीआर सकिएको छ। केही संकीर्ण मानिसले मुद्दा पनि हालेका छन,’ उनले भने, ‘अदालतले स्टे पनि गरेको छ। पौडेलले एमाले नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गमा बनाउन अगाडि सारेका १० वटा पुलमध्ये ८ वटा अहिलेको सरकारले हटाएको बताएका छन्।
कोशी, भालुवाङ मुग्लिनका महत्तवपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएको उनले आरोप लगाए। विश्व बैंकको लगानीमा तिनाउमा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ। तिनाउ–दानव करिडोरमा पर्ने वस्तीका विस्थापितलाई उचित रुपमा सम्बोधन गर्ने बताए
। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए । उनले आउने चुनाबमा एमालले लाई पहिलो पार्टी बनाउने गरी कहीकतै अलमल नगरी पार्टीको काममा जनताको बीचमा जान कार्यकर्तालाई आग्रह गरे । एमाले बुटवल नगर समितिका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।