शंकरनगर सामुदायिक वनद्वारा १ सय ११ युनिट रगत संकलन

बुटवल,चैत्र १गते।शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार आयोजित रक्तदान कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिने उद्वेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमको आयोजना गरिएको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले बताए।रक्तदान कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता लिला गिरीले समाजका हरेक नागरिकलाई रक्तदान गर्नुपर्छ भन्ने भावना जागृत गराउनु पर्ने बताए।

लुम्बिनी प्रदेश सांसदसमेत रहेका गिरीले विकास निर्माणका कामदेखि सामाजिक तथा मानवीय कार्यमा वन उपभोक्ता समुहलाई सक्रिय बनाउन आग्रह गरे । उनले रगतको अभावमा कसैको पनि ज्यान जाने अवस्थाको सिर्जना हुने अवस्था आउन दिनै नहुने बताउंदै रक्तदान जस्ता मानवीय काममा सहयोग पुराउनु सबैको दायित्व हो भने।डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले वनको संरक्षणदेखि सामाजिक काममा वन उपभोक्ता समुहले समाजमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।वन उपभोक्ता समुहका अध्यक्ष रविन्द्र बस्नेतको अध्यक्षता, उपाध्यक्ष कमला ज्ञवालीको स्वागत र सचिव कालिका अधिकारीको सञ्चालनमा रक्तदान कार्यक्रम भएको थियो । भैरहवा रेडक्रस शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।