विप्लव नेतृत्व नेकपाले चुनावमा भाग लिने सम्भावना

कपिलवस्तु,फागुन५गते।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक कपिलवस्तुमा चलिरहेको छ ।कपिलवस्तुको शिवगढीमा रहेको पार्टी केन्दिरुय सम्पर्क कार्यालयमा पार्टीको १२ औं पूर्ण बैठक बसेको हो । बैठकमा संसदले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने सोही पार्टीका एक नेताले बताउनुभएको छ ।संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको छ ।

      एमसीसीको बिरोध गर्ने र निर्वाचनमा भाग लिने गरी नेत्रविक्रम चन्दले बैठकमा आफ्नो मत पेश गर्नुभएको सोही पार्टीका नेताले बताएका छन् । नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड निर्वाचनमा भाग निुपर्छ भन्नेमा पक्षमा रहेको बुझीएको छ । हिजो स्थगीत भएको बैठक आज पुन सुचारु हुने बताईको छ । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने पक्षमा रहेपनि बहुमत पक्ष निर्वाचनमा भाग लिनुपर्नेमा रहेकोसमेत बताइएको छ ।
निर्णायक तहमा रहेका पांच नेता मध्ये दुइजना नेता निर्वाचमा जानुपर्छ भन्न्ेमा र दुइजना निर्वाचनको विपक्ष्मा अन्य एकजना नेता मौन बसेकाले पार्टीमा अझै निर्णय हुन नसकेपनि आमकार्यकर्ताको माग निर्वाचनमा जानुपर्छ भन्ने रहेकाले स्थानीय निर्वाचनमा जाने गरी पार्टीको बैठकले निर्णय गर्न सक्ने एक नेताले नयां दिशालाई बताएका छन् ।