प्रलेस लुम्बिनीमा नयां नेतृत्व चयन

बुटवल,चैत्र६गते।प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन दाङको लमहीमा सम्पन्न भएको छ। लमहिस्थित सहिद नेत्रलाल अभागी प्रतिष्ठानमा सम्पन्न सम्मेलनले पंकज श्रेष्ठ अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ। शनिबार सम्पन्न सम्मेलनबाट नयां नेतृत्व सर्वसम्बत चयन भएको हो।

सम्मेलनको खुल्ला सत्रमा बोल्ने लेखक तथा साहित्यकारहरुले रजनीतिक रुपमा भएका परिवर्तनलाई जोगाउनु पर्नेमा जोड दिए।राजनीतिक दलहरू आपसमा लडेर सत्रु हसाउने काम गरेकाले खबरदारी गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ। सोही सम्मेलनका प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष प्राध्यापक डा जिवेन्द्र गिरीले भर्चुवलको माध्यमबाट बोल्दै प्रगतिशील साहित्यको आन्दोलनलाई परिवर्तनको दिशामा सशक्त बनाउनुपर्ने बताउनुभयो।विशिष्ट अतिथि डाक्टर कपिलदेव लामिछानेले राजनीतिक दलहरुलाइ दिशानिर्देश गर्दै आएको प्रगतिशील लेखक संघको आन्दोलन कमजोर भए दलका नेताहरुले बाटो बिराउन सक्ने बताउनुभयो। उहांले प्रगतिशील आन्दोलन समाज रुपान्त्रणको दिशामा अडागी बढाउनु पर्नेमा जोड दिनुभयो। कवि तथा लेखक नारायण शर्माले राजनीति दलहरूलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो। कविवर रामचन्द्र भट्टराइले प्रगतिशील लेखक संघको आन्दोलन परिवर्तनको पक्षमा रहेको चर्चा गर्दै २००९ सालदेखिको प्रगतिशील लेखक संघको इतिहांस कसैले भुल्न नहुने बताउनुभयो। कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य शरद अधिकारी, प्रलेस रुपन्देहीका पूर्व अध्यक्ष देवेन्द्र घिमिरे, प्राज्ञ बंदु राना, केवि मसाल, हरि पोखरेल, भुवन देवकोटा लगायतले बोलदै आआफ्ना भनाइ राख्नुभएको थियो। सोही सम्मेलनमा कवि तथा साहित्यकार नारायणप्रसाद शर्माललाई सम्मान गरिएको थियो ।