कामको आधारमा तिलोत्तमाले पायो अन्तर्राष्ट्रिय मान्यता

श्यामलाल पोखरेल
बुटवल,चैत्र८गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्तका लागि अन्तर्राष्ट्रिय सूचकका मापदण्ड अनुसार काम गरेपछि तिलोत्तमा नगरपालिकाले आइएसओ २००१–२०१५ चिन्ह प्राप्त गरेको हो ।        तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्ने नेपालकै पहिलो स्थानीय तह भएको दावी गरिएको छ। नगरपालिकाले आफ्नोे कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरेको आधारमा युनाइटेड एप्लिकेशन पÞmाउण्डेशन अमेरिकाद्वारा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित चिन्ह प्रदान गरेको हो। सोमबार नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाा प्रमुख बासुदेव घिमिरेलाई आइएसओ सर्टिफिकेसन नेपालका डाईरेक्टर सुदिप शर्मा सुवेदीले नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई उक्त प्रमाण पत्र प्रदान गरिएको हो ।डाईरेक्टर सुदिप शर्मा सुवेदीका अनुसार नगरपालिकाले प्रवाह गरेका विभिन्न ३६ वटा सेवामा मापदण्ड पुरा गरेकाले प्रमाणचिन्ह प्रदान गरिएको हो। नगरपालिकाले आगलागी नियन्त्रण, प्राथमिक उपचार, सूचना प्रणालीको व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन, जनप्रतिनिधि र कर्मचारीको सांगठानिक संरचना, विकासमा नयां कुराहरुको खोजी तथा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कामकाबारेमा तीन पटकसम्म परिक्षण गरिएको थियो। तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विकसित मुलकमा जस्तै गरी नगरवासीलाई सेवा प्रदान गरिएकाले कामको आधारमा सफल भइएको बताए। नगरपालिकाले उत्कृष्टको लिष्टमा राखिराख्न अझै सबैको साथ सहयोगमा थप मेहेनत गर्नुपर्ने बताउंदै नगरवासलई छिटो छरितो सेवा दिने प्रतिवद्वता जनाए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नगरपालिकाले फोहोरमैला व्यवस्थापन, घरनश्शा पास, अनलाईन राजश्व संकलन, भू उपयोग सम्बन्धि कार्य, कर तथा राजश्व संकलन र परिचालन र बालमैत्री नगरपालिका घोषणासमेत भईसकेकाले अब नयां कामहरुसंगै अहिलेसम्म भएका कामको दीगोपनका लागि लागि पर्ने बताए। नगरपालिकाका आईटी प्रमुख सुदिप ढकालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरे, नेपाली कांग्रेस तिलोत्तमाका सभापती हरिलाल पाण्डे र नेकपा माओवादी केन्द्र तिलोत्तमाका अध्यक्ष बेलप्रसाद शर्माले नगरपालिकाले आइएसओ प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिकालाई अब्बल दर्जामा राखिराख्न साथ सहयोग दिने दलका नेताहरुको प्रतिवद्वता जनाएका छन् । नगरपालिकाले अहिले प्राप्त गरेको प्रमाणचिन्ह २ वर्षसम्म कायम रहने छ।