अर्थतन्त्र कृषिमा निर्भर हुनुपर्छ– प्रदेश प्रमुख

बुटवलमा कृषि मेला शुरु

बुटवल,चैत्र१०गते।लुम्बिनी प्रदेका प्रदेश प्रमुख अमिक शेरचनले देशको अर्थतन्त्र कृषि निर्भर हुनुपर्ने बताएका छन्। कृषि प्रदान देश परनिर्भर हुंदा देशको विकास हुन नसकेको प्रदेश प्रमुख शेरचनको तर्क छ ।बुटवल उद्योग वाणिज्य संघले बिहीबारदेखि बुटवलमा शुरु गरेको कृषि मेला उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आयतबाट भरपर्न नहुने बताए। उनले कृषिमा नीति निर्माणमा कमजोरी भएकाले अर्बौको खाद्यान्न बाहिरबाट आयत गर्नुपरेको बताए।विगतमा भएका सन्धि, सम्झौताका कारण नेपाल कंगाल बन्दै गएको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले भने–नदीनाला लगायत प्रकृतिले दिएका उपहारहरु पनि सन्धि, सम्झौता गरेर अरुलाई दिएकाले समस्या भएको हो। पानीको उद्योग खोलेर पनि देशलाई आत्मर्निभर बनाउन सकिने बताउंदै कृषिको सिंचाईका लागि कालिगण्डकी डाइभर्सन आवश्यक छ उनले भने।राष्ट्रिय उत्पादन बढाएर देशलाई कृषिबाट आत्मर्निभर बनाउनु पर्ने प्रदेश प्रमुख अमिक शेरचनको भनाइ छ ।नेपाल उद्योगा वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले कृषिलाई प्रविधिमैत्री बनाउनु पर्ने बताए। उनले कृषिमा नीतिगत रुपमा चुनौती रहेको बताउंदै नीजि क्षेत्र राज्यको सहयात्री रहेको बताए। मागेर ल्याएर देश नबन्ने बताउंदै आफ्नै खेतबारीबाट खनेर ल्याएपछि मात्र कृषिबाट देश आत्मनिर्भर बन्न सक्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले उपमहानगरपालिकाले कृषिमा लगानी गरेको बताउंदै कृषि उत्पादन र बजारीकरणका लागि बुटवल उद्योग वाणिज्य संघ लगायत सबै क्षेत्रसंग सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको बताए।
पत्रकार महासंघ रुपन्देहीका अध्यष रामराज पोखरेलले राज्यले कृषि प्रदान देश भन्ने नारा लगाएपनि देश कृषि आत्मर्निभर बन्न नसक्नु दुर्भाग्य हो भने।

कार्यक्रममा नेपाली कांगे्रसका खेलराज पाण्डे, सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म सर्वज्ञ, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलप्रसाल लाकौल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम लगायतले बोल्दै निर्वाहमुखि कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। देशलाई आत्मर्निभर बनाउन कृषिलाई आधुनिक करण गरी बजारी करण गर्नुपर्ने र त्यसका लागि तिनै तहकार सरकार जिम्मेवार बन्नुपर्ने उनीहरुको भनाइ छ। संघका अध्यक्ष उज्जवल कसजुको अध्यक्षता र महासचिव विमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो। चार दिनसम्म चल्ने कृषि मेलामा कृषि सम्बन्धी ५० वटा स्टल राखिएको छ।
बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार भन्ने मुल नाराका साथ कृषि मेला सञ्चालन गरिएको छ ।