सरकारले जनपक्षीय काम गरेन – ओली

तिलोत्तमाको भ्यूटावर उद्घाटन

बुटवल,चैत्र१५गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगरमा निर्माण गरिएको बहुउद्वेश्य भ्यूटावरको उद्घाटन गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमकाबीच मंगलबार उद्घाटन गरेका हुन् । तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगर शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र बन बाटिका भ्यूटावर निर्माण गरिएको छ । १ सुय ३४ फिट उचाई रहेको १० तले टावर ११ करोड ४५ लाख ८१ हजार रुपैंयामा निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्युटावर आर्थिक वर्ष २०७३र०७४ मा ठेक्का सम्झौता भएको थियो ।२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरा पछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यु टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यूटावरको पहिलो तलादेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनका रुपमा प्रयोग हुने बताइएको छ ।                                                                            केपी शर्मा आली
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिको काम र व्यवहार पारदर्शी हुनुपर्ने बताएका छन् । उनले आवश्यक अनुसार टोल टोलमा विकास गरिने र त्यो विकास एमालेबाट मात्र सम्भव रहेको बताए ।

भ्यूटावरको निर्माणसंगै विकासका कामले गति लिएको बताउंदै नगरलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन जमिन बाँझो राख्न नपाइने तिलोत्तमाको नीति सबैले अनुशरण गर्नुपर्ने तर्क गरे । उनले वर्तमान सरकार जनपक्षीय काम गर्न नसकेको बताए । देउवा सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिन नचाहेको आरोप लगाउंदै एमालेले गठन गरेको भूमि आयोग यो सरकारले विघटन गरेर सुकुम्बासीमाथि अन्याय गरेको बताए । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको बताउंदै सरकारको आलोचना गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भने– एमालेको सरकार बनेपछि भारतसंगको परनिर्भरता कम भएको दावी गरे ।