सञ्चार नीति बनाउन स्थानीय तहहरुलाई सुझाव

देशभर मनाईयो पत्रकार महासंघको स्थापना दिवस

   बुटवल,चैत्र १६ गते।नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाईको छ। २०११ चैत १६ गते पत्रकार महासंघको स्थापना भएको हो ।बुधबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाईएको हो ।नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा पत्रकार महासंघ रुपन्देहीको आयोजनामा अन्तरक्रिया गरी मनाईएको छ ।रुपन्देहीको सैनामैना नगरपालिकामा स्थानीय तह र सञ्चार विषयक अन्तरक्रियाको आयोजना गरी ६७ औं स्थापना दिवस मनाईएको हो ।उक्त अन्तरक्रियामा बोल्ने पत्रकारहरुले सञ्चार नीति बनाउन स्थानीय तहहरुलाई सुझाव दिएका छन् ।

श्रमजीवि पत्रकार र सञ्चार संस्थाहरुलाई आर्थिक रुपले बलियो बनाउन स्थानीय सञ्चारनीति आवश्यक पर्ने पत्रकारहरुको साझा भनाइ छ ।राजनीनितक परिवर्तन तथा समाज रुपान्त्रण र विकासमा पत्रकारहरुको अहम भूमिका रहेपनि श्रमजीवि पत्रकारहरुको पक्षमा सञ्चार नीति बन्न नसकेको बताए । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेर र सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार डिआर घिमिरेले स्थानीय तहर सञ्चारको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले स्थानीय तहको काम, कर्तब्य र सञ्चार क्षेत्रले खेल्ने भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि संविधान सभा सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी र महासंघका पूर्व उपाध्यक्ष माधव नेपालले टिप्पणी गरेका थिए। कार्यपत्रमाथि टिप्णी गर्दै महासंघका पूर्व अध्यक्षा विनोद पहाडीले स्थानीय तहहरुले मिडिया नीति बनाउनु पर्ने बताउंदै विकासमा आमसञ्चारलाई जोड्नु पर्नेमा जोड दिए । त्यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै जनप्रतिनिधिहरुले पत्रकारहरुलाई कुन पार्टीको पत्रकार हो भनेर राजनीतिक रुपमा विभेद गर्ने गरेको बताउंदै स्थानीय तहहरुमा सुधार गर्न आवश्यक रहेकोमा जोड दिए। नुभयो । सोही कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले स्थानीय तह र पत्रकारहरुबीचको सम्बन्ध घनिष्ट हुनुपर्ने बताए। पत्रकारिता निष्पक्ष हुनुपर्ने बताउंदै सैनामैना नगरपालिका मडियाप्रति सकरात्मक रहेको दावी गरे। स्थानीय तहका लागि पांच वर्षको अबधी अनुभव र सिकाईको वर्ष बनेको उल्लेख गर्दै अब अनुभव र सिकाइलाई आधार बनाएर देशलाई सम्वृद्वितर्फ लान सकिने उनको तर्क छ ।उनले अहिलेको शासन प्रणाली नयां भएकाले जनप्रतिनिधिहरुलाई सिक्न समय लाग्दा र कोरोनाका कारण भनेजती विकासका कामले गतिलिन नसकेको बताए।मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले पत्रकार र सञ्चार संस्थाहरु कमजोर हुंदा लोकतन्त्र र मानव अधिकार पनि कमजोर हुने भएकाले सञ्चार संस्थाहरुलाइृ बलियो बनाउनु पर्ने बताए। कार्यक्रममा नेपाली कांगे्रसका रणबहादुर खनाल, नेकपा माओवादी केन्द्रका नारायण महत, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल र यानेन्द्र जीसी, मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनाल, पत्रकारहरु श्यामलाल पोखरेल लक्ष्मण पौडेल, रेखा भुसाल, निरु गौतम, टेक मास्की राना, निरु गौतम, दामोदर खनाल रुद्रहरि कुवंर, महासंका उपाध्यक्ष अमृता अनमोल, अर्का उपाध्यक्ष विश्वास ढकाल  लगायतले शुभकामना मन्तब्य राखेका थिए। महासंघ रुपनदेहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।