बहुसंख्यक नेपाली एमसीसीको बिपक्षमा छन्– नागरिक अगुवा

बुटवल,चैत्त२०गते। स्वतन्त्र नागरिक समूह नेपालले रुपन्देहीको मणिग्राममा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानमा एमसीसी परियोजनाको प्रभाव विषयक अन्तरक्रिया गरेको छ। अमेरिकी परियोजना एमसीसीको बिरोध गर्दै आएको स्वतन्त्र नागरिक समूह नेपालको आयोजनामा नागरिक अगुवा,राजनीतिक दल,कानुन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि,सञ्चारकर्मीहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
सोही कार्यक्रममा बोल्ने नागरिक अगुवा र राजनीतिक दलका नेताहरुले एमसीसी परियोजना नेपाल र नेपालीको हित बिपरित भएको बताएका छन् । बहुसंख्यक नेपाली जनता एमसीसीको बिपक्षमा भएकाले संसदबाट पास भएपनि कार्यान्वयन गर्न नदिने र जनताको बलबाट खारेज गराईने उनीहरुको भनाइ छ । एमसीसी अनुदान नभएर लगानी भएको एमसीसीका प्रतिनिधिहरुले स्पष्ट पारेकाले केही दल र केही नेताको सत्ता स्वार्थका कारण संसदबाट पास गरिएको एमसीसी नेपालको लागि घातक भएको बताए ।


कार्यक्रममा बोल्दै पूर्व जर्नेल डाक्टर प्रेमसिंह बस्न्यातले एमसीसी नेपालको लागि घातक छ र भविष्यमा घातक सिद्वहुने बताए। एमसीसी परियोजनाका प्रतिनिसधिहरुले अनुदान हैन लगानी हो भन्दाभन्दै हाम्रा केही नेताहरुले पैसा खाएर एमसीसी संसदबाट पास गराएको आरोप दावी गरे। विकासका लागि विदेशी सहयोग ल्याउनु पर्छ तर विकासकै नाममा देशलाई बन्दक राखेर विदेशी लगानी भित्राएर त्यसलाई संसदबाट पासगर्नु ऐतिहांसिक गल्ती भएको उनको भनाइ छ।उनले ओली, प्रचण्ड र बाबुराम सत्ता जोगाउनका लागि गरेको गल्तीले आमनेपालीलाई धोक्का भएको उल्लेख गर्दै उनले भने– तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र ओलीले अंगे्रजी भाषा नबुझेर एमसीसीमा हस्ताक्षर गरेर देश र जनताका लागि लागि घात भयो । संविधानमा संघीयता र धर्मनिरपेक्षता घुसाएर दलका नेताहरुले संविधानबाटै द्वन्द्व निम्ताएको पूर्व जर्नेल डाक्टर पे्रमसिहं बस्न्यातको दावी छ । संसदबाट एमसीसी पास हुंदा र देशको सीमाना मिचिदा पनि कोही बोल्न नसकेको बताउंदै सुरक्षा समयन्त्रका उच्च ओहोदाका व्यक्ति पनि फुलीमा बिmक्री भएको आरोप लगाए । लोकसेवा लडेर आएका उपल्लो तहका केही कर्मचारी फुलीमा बिकेकाले नेपालको राष्ट्रिय सुरक्षा परिषद् बोल्न नसकेको हो भने । एमसीसी संसदबाट पास भएपछि अमेरिकन सेना नेपाल आइसकेको र अब फेरी केही दिनमा आफ्नै विमानबाट अमेरिकी सेना केही दिनमा नेपाल आउदै गरेको उनले बताए । एमसीसीका कारण अमेरिकी सेना के ल्याएर नेपाल आउंदै छ कसैलाई थाहा नहुने बताउंदै उनले भने– त्यहीबाट थाहा हुन्छ एमसीसी नेपालको लागि घातक छ भन्ने। नेताले खांदा जनताले दुख्ख पाउने दिन आएको बताउंदै ओलीको पालामा भित्राइएको एमसीसी देउवाको पालामा पास गरेर नेतालाई राम्रै भएपनि देश र जनतालाई घात भएको उनको भनाइ छ । उनले नेपालको राष्ट्रिय सुरक्षा परिषद् निकम्मा हुंदा नेताहरुलाई मनपरी गर्न सहज भएको बताए।
कार्यक्रममा प्रगतीबादी साहित्यकार दिल साहानीले एमसीसी देशको लागि घातक भएकाले जनतालाई सचेत बनाएर भगाउन सकिने बताए। सुगौली सन्धिपछि एमसीसी नेपालको लागि दोस्रो घात हो भन्दै उनले भने एमसीसी संसदबाट पास भएपछि अमेरिका नेपाल भित्रियो अब नेपाली दास भए, नेपाली स्वतन्त्र छैनन् ।अमेरिका नेपाल आएपछि चीन चुप लागेर बस्न नसक्ने तर्क गर्दै उनले भने– नेपालको हितमा भारत छैन, त्यस कारण नेपाल चपेटोमा परो।उनले प्रचण्डले एमसीसी रोकेको भए हिरो हुन्थे समर्थन गरे जस्ले गर्दा उनी देशको लागि गद्वार सावित भए, केपी ओलीले रोक्न खोजेको भए रोक्न सक्थे, रोकेको भए ओली पनि नेपालको लागि हिरो हुन सक्थे उनी पनि सत्ता र पैसाकोपछि लागे त्यसकारण ओली पनि देशको लागि गद्वार भएको दिल साहानीको तर्क छ।
लेखक बिनबहादुर कुंवरले एमसीसी पास भएको दिनलाई अब कालो दिनको रुपमा दुख्ख मनाउनु पर्ने बताए। उनले संसदबाट एमसीसी पास भएपछि अर्धऔपनिवेशीक देश नेपाल पूर्णरुपले औपनिवेशीकमा प्रवेश गरेको दावी गरे। चीनलाई कमजोर बनाउन भारतको साथ लिएर अमेरिकाले एमसीसीको माध्यामबाट आफ्ना सेना नेपाल भित्राउने अमेरिकाको चाहाना प्रचण्ड, ओली, बाबुराम, झलनाथ र माधव नेपालहरुले पुरा गर्दिएको आरोप लगाए। एमसीसीबाट वास्तबिक स्वाभिमान बिकी सकेको बताउंदै उनले भने–नेपाली सेना, दलका नेता, अदालत विक्री भए। अब एमसीसी गो होम नारा लगाउनु पर्छ।
नागरिक अगुवा तथा अधिवक्ता पदमबहादुर कार्कीले शासक दलका नेताहरुका कारण देश धरापमा परेको बताए । उनले गणतन्त्रबादी हु भनेर बोल्नेहरुले नै संसदबाट एमसीसी पास गराएर नेपाल र नेपालीलाई धोक्का दिएको बताउंदै तिनिहरुका बिरुद्व नागरिकस्तरबाट खवरदारी गरिरहनु पर्नेमा जोड दिए ।देश रहेमात्र राजनीतिक दल र ति दलका नेता रहने बताउंदै राष्ट्रियताको विषयमा बोल्न र लेख्न डराउन नहुने बताए ।हिजो नेपालमा गणतन्त्रको कुरा गर्नु भनेको गोरुगाडा चढेर अमेरिका जानु हो भन्नेहरुबाट अहिले देश खतरामा परेको उल्लेख गर्दै उनले भने एमसीसी पास गर्ने राष्ट्रघाती नेताहरुलाई जनतालाई चिनाउने दायित्व स्वाभिमान नेपालीको हो त्यो काम अब हाम्ले पुरा गर्नुपर्छ ।एमसीसी ल्याएर मात्र देशको विकास हुन्छ नल्याए देशको विकास नहुने भन्ने होइन भन्दै अधिवक्ता कार्कीले हिजो पटक–पटक पानी खाएर अंगे्रजलाई भगाएका स्वाभिमान नेपालीले एमसीसी खारेज गर्ने छन् र एमसीसी पास गर्ने नेताहरुलाई जेल हाल्ने छन् ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीले नेपालका राजनीतिक दलमा विभाजन ल्याएको बताए। उनले विकासको नाममा ल्याइएको एमसीसीले नेपालको विकास होइन विनास गर्ने दावी गरे ।एमसीसी संसदबाट पास हुनुनै नेपालको लागि दुर्भाग्य भएको बताउंदै नेता सुवेदीले भने–बहुसंख्यक नेपाली एमसीसीको विपक्षमा छन्। नेपालको असंलग्न परराष्टनीतिलाई एमसीसीले उदाङो बनाईदिएको दावी गर्दै उनले भने–नेपालको प्राकृतिक श्रोतसाधन कब्जा गर्ने अमेरिकाको दाउ एमसीसीले सफल बनाईदिएको छ ।
नेकपा एमालेका रुपन्देही सचिव यज्ञ गैरेले एमसीसीको माध्यामबाट देशको विकास गर्न सकिने उद्वेश्यले आएको दावी गरे । उनले एमसीसीका गलत पक्षपनि भएकाले त्यस विषयमा सबै दल र नेपाली जनता सचेत हुन जरुरी रहेको बताउंदै एमालेका नेतामाथि लागेका आरोपबारे पार्टीमा कुरा उठाउने प्रतिवद्वता जनाए। उनले देशको राष्ट्रियताको विषयमा सबै एकजुट र एकतावद्व हुनुपर्ने बताउंदै एमालेबाट कही कतै गलत काम भएको भए त्यसलाई सच्चाएर अगाडी बड्ने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका लक्ष्मण खनालले आफु एमसीसीको विपक्षमा रहेको बताउंदै एमसीसीले ल्याउने दुषपरिणामबारे पार्टीमा कुरा उठाउने बताए।
नेकपाका नेता बिरेन्द्र बिकले भारतको सहयोगमा चीनलाई कमजोर बनाउने गरी शैन्य रणनीतिसहित भित्रिएको एमसीसी परियोजना संसदबाट पासभएसंगै अमेरिकी साम्राज्यबाद नेपालमा भित्रिएको उनको दावी छ ।दलाल सत्ताका मतियारहरुले देशलाई बन्दक बनाएको बताउंदै सचेत नेपालीले ति एमसीसी पास गर्ने नेता र सांसदहरुलाई कारवाही गर्ने बताए । विकासको नाममा देशलाई बन्दक राख्ने काम नेकपालाई कदापी स्वीकार्य नभएको बताउंदै हिजो गणतन्त्र र परिपर्तनका लागि चप्पल लगाएर सडक मा हिड्नेहरुले आज आफ्नौ औकात भुल देश संकटमा परेको बताए।
स्वतन्त्र नागरिक समूहका केन्द्रिय अध्यक्ष विश्वराज गैह्ेको अध्यक्षता, महासचिव टोपबहादुर केसीको सञ्चालन र उपाध्यक्ष दीलबहादुर रानाकोे स्वागतमा कार्यक्रम भएको थियो ।