सधै भोट बैंक बनिन्न – मजदुर नेताहरु

बुटवल,चैत्र२५ गते।आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मजदुर क्षेत्रको प्रतिनिधित्व गराउन सरोकारवालाले राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।सधैभर भोट बैंकको रुपमा मजदुर वर्ग प्रयोग हुन नहुने र मत दिंदा विवेक पुराउनु पर्नेमा उनीहरुको भनाइ छ।

सधैका र सबै निर्वाचनहरुमा राजनीतिक दलहरुलाई भोट दिएर जिताएपनि मजदुरहरुका समस्यामा जस्तोका तस्तै रहेकाले अब मजदुरहरुले मजदुर वर्गको प्रतिनिधि उठाउन दलहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ बुटवलले शुक्रबार बुटवलमा आयोजना गरेको नयां वर्ष २०७९ को शुभकामना र भित्रे पात्रो विमोचन कार्यक्रममा बोल्ने मजदुर नेताहरुले अब आफ्नो अधिकार आफै सुनिश्चित गर्न स्थानीयबाट तीनै तहमा प्रतिनिधित्व जनाउनु पर्ने बताए। निर्माण क्षेत्रमा कामगर्ने मजदुर अगुवाहरुले मजदुर वर्गका समस्याप्रति राज्य बेखवर बनेको गुनासो गरे। सोही कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेबी गुरुङले मजदु वर्गको समस्या समाधानका लागि स्थानीय तहमा मजदुर वर्गको जनप्रतिनिधिलाई निर्वाचित गराउनु पर्नेमा जोड दिए। सामाजिक सुरक्षा कोषबाट लक्षित वर्ग उपेक्षित भएको बताउंदै उनले श्रम ऐन कार्यान्वयनमा ल्याउन सरकारसंग माग गरे।अरुको काम गरेर पुस्तौ पुस्तादेखि जीविका चलाउंदै आएको मजदुर वर्गले अबको निर्वाचनमा विवेके पुराएर मत दिनुपर्ने बताए। कार्यक्रममा काउनका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश चौधरीले देशमा राजनीतिक परिवर्तन भएपनि मजदुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तनसमेत आउन नकसकेको बताए। काउन बुटवल इकाई अध्यक्ष सूर्यदेव दासले अहिलेसम्म मजदुर वर्गले सम्मान र इज्जत पाउन नसकेको बताउंदे स्थानीय तहको निर्वाचनमा आफ्ना अधिकार सुनिश्चित गर्नेगरी आफ्ना प्रतिनिधि छनोट गरी मत दिनुपर्नेमा जोड दिए। काउन रुपन्देहीका सचिव सोनबहादुर थापाले राज्यले कामदार तथा मजदुरहरुलाई चिन्न नसकेको बताए। कार्यक्रममा टे«ड युनियन कांगे्रस लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्ण बेल्वासे, काउन रुपन्देही उपाध्यक्ष मोहोनी चौधरी,बुटवल उपाध्यक्ष भागमती चौधरी, मंगलापुर काउनका सचिव देवबहादुर थापा,पत्रकार खिमानन्द भट्टराई लगायतले बोल्दै मजदुरहरुको अधिकार सुनिश्चित गर्न नीति निर्माण तहमा मजदुर वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।काउन बुटवलका अध्यक्ष तिलबहादुर हिस्कीको अध्यक्षता र जयसिंह चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो।