कांगे्स र माओवादीको रबैयाले गठबन्धनमा समस्या– जसपा

बुटवल,चैत २६ गते। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशभर गठबन्धन भैरहेको छ । एमालेको विपक्षमा पांचदलीय गठबन्धन बनेको हो । अहिले स्थानीय तहको निर्वाचनको मिती नविकिदै जांदा गठबन्धन झनै बलियो र आक्रमक ढंगले लागेको देखिन्छ । तर पूर्व–पश्चिमतिर फर्केका दलहरुबीच सहज रुपमा गठबन्धन गरेर अधि बढ्न भने असहज देखिएको छ । गठबन्धन भित्रको एक शक्ति जनता समाजवादी पार्टीले कांगे्रस र माओवादीका कारण गठबन्धन भाडिन सक्ने बताएको छ । जसपाले सबै ठाउंमा पेल्दै लाने र आआफ्ना मात्र उम्मेदवार उठाउने बल मिचाहा ब्यवहारले गठबन्धन हुनमा जटिल समस्या देखिएको जसपाका केन्द्रिय सचिव यज्ञ पोखरेलले बताए । कांगे्रस र माओवादीको रबैयाले गठबन्ध हुनमा समस्या रहेको नेता पोखरेलको भनाइ छ । २०७४ सालको मतका आधारमा गठबन्धन हुन नसक्ने जसपाका नेता पोखरेलको दावी छ । पहाडी जिल्लाहरुमा जसपालाई गठबन्धनमा समावेश नगरे तराईका जिल्लामा गठबन्धन हुन नसक्ने उनको तर्क छ ।जसपाका नेता पोखरेलका अनुसार पहाडी जिल्लाहरुमा गठबन्धन नहुंदै तराईका जिल्लाहरुमा गठबन्धन हुन सक्दैन । गठबन्धन गरेपछि सबै जिल्ला र स्थानीय तहहरुमा जसपाको प्रतिनिधित्व हुनुपर्ने जनता समाजवादीको माग छ ।यदी गठबन्धनमा सम्मानजनक सहभागिता गराउने विषयमा कांगे्रस र माओवादीले पेल्दै गए गठबन्धन भाडीन पनि सक्ने र कांगे्रस, माओवादीले विवेक पुराएमा सहज रुपमा मिलेर जान सकिने समय काफी भएकाले प्रयास पनि भैरहेको नेता पोखरेलले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा संसद विघटन गरेका थिए । संसद विघटन गर्नु संविधान बिपरित र प्रतिगामी कदम भएको भन्दै पांच दलीय गठबनधन बनेको हो ।