लुम्बिनीमा पांच दलबाहेक अन्यसंग तालमेल नगर्ने गठबन्धनको कठोर निर्णय

बुटवल, चैत २८ गते ।गठबन्धन दलले लुम्बिनी प्रदेशमा पाँच दलबाहेक अन्य दलसंग चुनाबी तालमेल नगर्ने भएका छन् । सोमबार बुटवलमा बसेको पांच दलीय गठबन्धनका नेताहरुको बैठकबाट पांच दलबहोक अन्य कुनैसंग चुनाबी तालेमल नगर्ने निर्णय गरिएको छ ।बैठकले चुनावी गठबन्धनका पाँच दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनावी संयन्त्र गठन गर्ने निर्णय गरेको छ । जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमती कायम गरी रिपोर्ट प्रदेशमा पठाउन निर्देशन दिने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताए।बैठकले गबन्धन दलको संयुक्त स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ ।कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेकपा माओवादीका सुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री र जनता समाजवादी पार्टीका अशोकुमार यादव रहेका छन् ।विगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धी गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेको भन्दै बैठकले आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता अपरीहार्य बढ्दै गइहेको गठवन्धनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका लागि गठबन्धन दलहरुको कांधमा थप जिम्मेवारी थपिएकाले स्थानीय निर्वाचका लागि गठबन्धनलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि पांच दलबीच आपसी सहमति भएको राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले बताए ।विज्ञप्तिमा नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र अध्यक्ष सुदर्शन मराल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव,राष्ट्रिय जनमोर्चाका बद्रे आलमले संयुक्त रुपमा हस्ताक्षर गरी बैठकले गरेका निर्णबारे जानकारी गराएका छन् ।