कृषिमा पराधीन मानसिकता हटाउँ : मन्त्री भुसाल

श्यामलाल पोखरेल
कार्तिक २८, बुटवल । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिमा विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको बताउनुभएको छ ।

लुम्बिनी विशिष्टिकृत सहकारी संघको शुक्रबार रुपन्देहीको मणिग्राममा सम्पन्न प्रारभ्भिक साधारण साभामा बोल्दै मन्त्री भुसालले विदेशीले देलार कृषि उत्पादन बढाउला भन्ने सपना पनि देख्न नहुने बताउनुभयो । कृषिको विकासमा विदेशीको भरपर्ने मानसिकता हटाउन जरुरी रहेको बताउनुभयो । आर्थिक सम्वृद्विको मुल आधार कृषि भएकाले कृषिको विकासका लागि कृषि मन्त्रालय अन्तर्गतको बजेट तल्लो तहमा पठाइएको दावी गर्नुभयो ।

नेकपाका नेतासमेत रहनुभएका मन्त्री भुसालले व्यक्ति छानेर अनुदान दिने परम्पराले कृषि उत्पादन नबढेको उल्लेख गर्दै सरकारले व्यक्तिलाई दिने अनुदान हटाएको बताउनुभयो । उहांले मल, विउ, कृषि औजार, पानी, विजुलीको लागि भने सरकारले अनुदान दिने गरेको जानकारी गराउनुभयो । संसारमै कृषि पेशा गाह्रो पेशा भएको बताउंदै मन्त्री भुसालले भन्नुभयो कृषि विकासका लागि पूंजी व्यवस्थाको निर्माण गर्नुपर्छ । कृषिलाई राज्यले संरक्षण गर्नुपर्ने बताउंदै कृषि उत्पादनमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहांले अबको ३ वर्ष भित्र खोरेत रोग उन्मुलन गर्ने गरी मन्त्रालयले योजना बनाएको बताउंदै धानको उन्नत खालको विउ उत्पादन गर्न ६ वर्ष लाग्ने बताउनुभयो । मन्त्री भुसालले अबको ३ वर्षमा धान,गहु, मकै, कोदो, फापर लगायत कृषिजन्य वस्तु न्यूनतम बचत हुने गरी भण्डारण गर्न सकिने गरी उत्पादन हुने दावी गर्नुभयो ।

लुम्बिनी प्रदेशका भूमि तथा कृषि मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यामबाट निरव्याजे ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको बताउनुभयो । कृषिको विकासले नै आर्थिक सम्वृद्वि हुने भएकाले त्यसप्रति लुम्बिनी प्रदेश सरकार प्रतिवद्व रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अर्थ व्यवस्थाको जग कृषि भएकाले कृषिलाई नाफाको व्यवसाय गराउनुको विकल्प नभएको बताउनुभयो । उहांले कृषिको विकासका लागि किसानहरुलाई हौसला बढाउने गरी कार्यक्रम ल्याउनु पर्ने र सहकारीहरुलाई कृषि क्षेत्रमा आर्कषित गराउनु पर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सामूदायिक परियोजनामा तिनै तहका सरकारको सहभागिता हुनुपर्ने बताउनुभयो । उहांले नीतिगत जटिलता भएकाले स्थानीय तहमा काम गर्न समस्या भएको उल्लेख गर्दै लुम्बिनी विशिष्टिकृत सहकारी संघलाई नमुना बनाउने गरी तिलोत्तमा नगरले सहकार्य गर्ने प्रतिवद्वता जनाउनुभयो ।

कार्यक्रमा प्रदेश सहकारी संघका अध्यक्ष पे्रम सुवेदी, राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य भिमप्रसाद तुलाचन, दामोदर अधिकारी लगायतले कृषि क्षेत्रको विकासमा सहकारीहरुलाई प्रोत्तसान गर्नुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष डाक्टर खगराज शर्माको अध्यक्षता, ज्ञानु पौडेलको स्वागत र जयकिसन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रारम्भिक साधारण सभाले लुम्बिनी विशिष्टिकृत सहकारी संघमा पुनः डाक्टर खगराज अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ ।