पर्यटन व्यवसायीद्वारा बुटवलको हिलपार्कमा खाना महोत्सवको आयोजना

  बुटवल,चैत२९गते।होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नेपाली नयां वर्ष २०७९ वर्षको अवसरमा खाना महोत्सवको आयोजना गरेको छ । बुटवलको पर्यटकीय स्थलमा रुपमा चिनिने हिलपार्कमा तेस्रो बुटवल कला संस्कृति तथा खाना महोत्सव २०७९ को आयोजना गरिएको हो।मंगलबार पत्रकार सम्मेलन गरी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नयां वर्षको पहिलो दिन बैशाख १ गते हुने खाना महोत्सवबारे जानकारी गराएको हो ।बुटवल उपमहानगरपालिका कार्यपालिकाको सहयोगमा तथा टुबोर्ग बियरको मुख्य प्रायोजन रहेको महोत्सवबाट नेपाली खानाका परिकारहरु पस्कने अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो । नुवाकोट क्षेत्रमा गर्ने तयारी भैरहेको बेला विशेष कारणवस क्षेत्र सार्नुपरेको उहाँले बताए। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष रामप्रसाद गौतमले महोत्सवबाट नेपाली कला संस्कृतिको जगेर्नासंगै यस क्षेत्रमा रहेका पार्क र उद्यानहरुको प्रचारप्रसार हुने बताए।महोत्सवमा १२ वटा विशेष स्टेलहरु राखिने छन् । स्टलहरुमा नेपाली खानाका परिकारहरु पस्कने उनले बताए। एक दिनमात्र चल्ने महोत्सवमा १० हजार दर्शकहरु अवलोकन गर्ने महोत्सवमा २५ लाख रुपैया बराबरको कारोबार हुने आयोजकहरुको अनुमान छ ।संघका महासचिव माधव खनालले छोटो समयको तयारीका बिच महोत्सव गर्न लागेको बताउनुभयो । बिहान १० बजेदेखि साझ ९ बजेसम्म संचालन हुने महोत्सवको सुरक्षा ब्यवस्थाको समेत राम्रो प्रवन्ध गरिएको उनले बताए। संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका सांस्कृति कार्यक्रमका संयोजक मोदनाथ बेल्वासेले स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता रहने बताए। महोत्सवको दिन हिलपार्क क्षेत्रमा पर्यटकलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको उहाँले बताउनुभयो । बिस २०७५ मा पहिलो पटक खाना महोत्सव गरेको थियो। यस वर्ष पाल्पाको तिनाउ गाउंपालिकाका २ नुवाकोट गढीमा खाना महोत्सव गर्ने तयारी गरिएको थियो । तर महोत्सवको नजिकै आउंदा सडक अबरुद्व हुने निश्चिित भएपछि बुटवलको हिलर्पाका खाना महोत्सव गर्न लागिएको हो । खाना महोत्सवको सबै तयारी पुरा भएको संघका महासचिव र कार्यक्रम संयोजक बाबुराम गौतमले जानकारी गराएका छन्।