अमृताको हत्या गरिएको हो– माईती पक्ष

श्यामलाल पोखरेल
बुटवल,बैशाख२गते।रुपन्देहीकोतिलोत्तमानगरपालिका जानकीनगरको जीवराजमार्गस्थित मध्यविन्दु टोल निवासी अमृता टण्डन क्षत्रीको शंकापस्द रुपमा मृत्युभयो। २०७८ साल चैत्र ३० गते बुधबार राती करिव ८ वजेको समयमा जानकीनरमा नै रहेको माईती घरबाट सारसउंदो रुपमा घर गएकी अमृताको राती ९ बजेर ५० मिनेटमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे। साढे आठ बजे सकुसल हास्दै बोल्दै घर गएकी छोरी तथा चेलीको मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनायो।राती साढे आठ बजे घर गएकी अमृताले सोही राती अथवा बुधबार राती नै ९ बजेर १४ मिनेट, ९ बजेर ३०, ९ बजेर ३१ र ९ बजेर ३२ मिनेट जांदा आफ्नै कान्छो दाई पुष्कर क्षेत्रीको मोवाईलमा म्यासेज गेरेकी थिइन। अमृताको दाई पुष्कर क्षेत्रीका अनुसार अमृताले आफ्नै दाइ पुष्करलाई दाई मलाई बचाउनुस, म बाच्न चाहान्छु, म यहां बस्न सक्दिन भन्ने जस्ता म्यासेज पठाईन। सोही दिनको राती साढे आठ बज्न २,४ मिने अगाडी अमृताका श्रीमान पे्रम टण्डनले तीन, चार पटकसम्म त घर आइजा नआए छोरोलाई अफठ्यारो हुन्छ भन्दै फोन गरेपछि अमृता घर हिडेकी थिइन।    अमृता घर हिड्ने बेला दाइ, भाउजु र आमाले घर नजा गएपनि खाना खाएर हामी छोड्न जान्छौ भन्दा पनि उनी छोरालाई केही गर्दिन्छनकी भन्ने डरले खाना नखाई घर गएकी थिइन।घर गएको करिव ४५ मिनेटपछि अमृताको म्यासेज आउनु र डेढ घण्डा नबित्दै मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनाएको थियो।करिव १० वर्ष अघि लभम्यारिज गरेका अमृता र पे्रम टण्डनको केही वर्ष राम्रै थियो। विवहा भएको केही वर्षमै उनीहरुको कोषबाट एक छोराको जन्म भएको थियो। अहिले आदित्य टण्डन ७ वर्षका भएका छन्।माईती र घर नजिकै भएकी अमृता जानकीनगरमा अनुसासति र सस्कारी थिइन।२०४९ सालकी अमृता सानो तिनो जागिर गरेर आफ्नै खुट्टामा उभिएकी थिएन।आफुलाई चाहिने आफै कमाउनु पर्छ भन्ने सोंचकी अमृता पे्रम टण्डसंग विवहा गरेको वर्ष खुशीसाथ जीवन बिताएकी थिइन। अमृताको आमा र उनका छिमेकीका अनुसार करिव पांच अघिदेखि भने उनले आफ्नो घरमा अपहेलना सहदै आएकी थिइन।श्रीमानको कुटाइ, पिटाइ र टोकसो सहदै आएकी सासु दिपा टण्डनको निर्देशनमा आफ्नै श्रीमान पे्रमको हातबाट कुटाइ, पिटाइ खादै आएकी थिइन।सासुको टोकसो र श्रीमानको कुटाइ सहन नसकेर अमृता पटक–पटक घराट भागेर माइत आएर बस्ने गरेकी थिइन।दाइ पुष्कर, भाउजु मुना बस्नेत र आमा सावित्रा क्षेत्री पटक–पटक अमृताले मलाई कुटे भनेपछि घरमा गएर सम्झाउने गरेका पनि थिए।मृत्यु हुनको केही दिन अघिपनि अमृताले दाइ मलाई कुटेर मार्न लागे भनेपछि रातीको समयमा अमृताको घरमा गएका थिए, अमृताको दाइ पुष्कर र भाउजुु मुना बस्नेत। बैनीलाई घरमै ल्याउने भनेर गएको बेला गेट बन्द गरेर उल्टै ज्वाई र ज्वाईको आमाले उल्टै हामीलाई धम्की दिएको दुखेशो सुनाउछन् पुष्कर।उसो त घरमा बढी टर्चर हुन थालेपछि अमृताले मृत्यु हुनुको ठिक एक दिन अघि श्रीमान पे्रमसंग मलाई बरु सम्पति केही चाहिन्न मलाई छोडपत्र दिनुस भनेर छोडपत्र मागेकी थिइन।अमृतालाई घरमा बढी टर्चर दिन थालेपछि गत वर्ष २०७८ भदौमा तिलोत्तमा वडा नम्बर २ को वडा कार्यालयमा उजुरी पनि परेको थियो। वडा कार्यालयले दुवै पक्षलाई बोलाएर मिलापत्र गर्दिएको थियो। त्यतिखेर पनि अमृताले म यो घरमा सधैको पिटाइ र टोकसो सहेर बस्न सक्दिन भनेकी थिइन। तर सोझा माईती भएकै कारण उनको बोलीको सुनुवाई भएन। उनी जसरी पनि उही घरमा जान बाध्य भईन। त्यस पछिपनि अमृताले पटक– पटक छुट्टेर बस्छु मलाई सके एउटा फल्याट नभए एउटा कोठा भएपनि दिनुस भनेर सासु, ससुरासंग अनुनय गरेको अमृताले छिमेकीसंग र माइतमा दाइ, भाउनु र आमालाई सुनाउने गर्थिन।तर उनको केही चलेन।अन्तत उनले जसलाई विश्वास गरेर जीवन सुम्पेकी थिइन उसैका कारण अकालमै मर्नुपरो।अमृताको मृत्यु नभएर हत्या भएको माईती पक्षको दावी छ। अमृताले सहदै आएको पिटाई, कुटाई र अमृताले आफ्नो दाइलाई पठाएको म्यासेज नै अमृताको हत्या गरिएको हो भन्ने पुरा प्रमाण भएको आमा सावित्रा खत्री र छिमेकीहरु बताउछन् ।अमृताको मृत्यु हुनुको अघिल्लो दिन अमृतालाई लगेर अमृताको श्रीमान र घरका अन्य सदस्यहरु भारतको पञ्जाब जाने सल्लाहा भएको थियो। भारतको पञ्जाब जाने घर सल्लाहा नमानेर अमृता आफ्नो सानो झोलामा एकजोर कपडा लिएर माइत आएकी थिइन। अमृताले जान्न भन्दा भन्दै पनि पञ्जाब घुम्न जाने घरपरिवारको सल्लाहा अमृतालाई भारत तिर लगेर मार्ने योजना रहेको आमा सावित्रा, दाइ पुष्कर र भाउनु मुनाको भनाई छ।अमृताको श्रीमान पे्रम टण्डन, सासु दिपा टण्डन र ससुरा तहलसिंह टण्डनले अमृताको हत्या गरेको माईती पक्षको दावी छ ।माईती पक्षले अमृताको श्रीमान पे्रम टण्डन, सासु दिपा टण्डन र ससुरा तहलसिंह टण्डलाई किटानी जाहेरी दिएका छन्। अमृताको हत्याका अमृताको आमाजु दिदीको पनि हात रहेको माईती पक्षको दावी छ। हत्यामा अन्य केही मान्छेको पनि हात हुन सक्ने अमृताका माईती पक्षले आशंका गरेका छन्।आशंकती व्याक्तिहरुलाई पनि किटानी जाहेरी दिनका लागि अमृताको माईती पक्ष कानुन विद्हरुसंग सरहल्लाहा लिदै छन्।अमृताको मृत्य नभएर हत्या भएको दावीका साथ माईते पक्ष, आफन्तजन, छिमेकी तथा स्थानीयले जीवराज आश्रितमार्गको मध्यविन्दु टोलमा रहेको अमृताको घर नयां वर्षको पहिलो दिन २०७९ बैशाख १ गते बिहीबार बिहान तोडफोड गरेका थिए। अमृताको हत्यामा संलग्नहरुलाई आजीवन कारवास,अमृताको श्रीमान पे्रम टण्डन, सासु दिपा टण्डन र ससुरा तहलसिंह टण्डनको नाममा रहेको सबै सम्पती अमृताको छोरा आदित्यको नाममा हुनुपर्ने माईती पक्षको माग छ।सोही माग राख्दै शुक्रबार दिउंसो इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै तिलोत्तमा नगरपालिकाको जानकीनगरको मुख्य सडक दुइ घण्डा अबरुद्व गरिएको थियो। हत्यारालाई कारवाहीको मागसहितका अन्य मागहरु राख्दै इलाका प्हरी कार्यालय घेराउ गर्दै प्रदर्शन गर्न गएका स्थानीय तथा पीडित पक्षलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो। सोही बेला रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाइसमेत प्रहरीले अभद्र व्यवहार गर्दै छलार पछारसमेत गरेको थियो।रिपोर्टिङका लागि गएका पत्रकारहरु शरण कर्मचार्य, दिनेश श्रेष्ठ, डिवी सुस्लिङ, सन्तकुमार श्रेष्ठ लगायतका अन्य पत्रकारहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो। प्रहरीको उक्त दुव्र्यवहारप्रति चौतर्फी रुपमा बिरोध भएको छ।नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, पे्रस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रगतिशील पत्रकार संघ रुपन्देहीका सचिव टेकराज भुसाल, पे्रस युनियन, पे्रस सेन्टर लगायतका पत्रकार सम्बद्व संघसंगठनहरुले पत्रकारहरुमाथि प्रहरीले गरेको ज्याजदीको घोर निन्दा गरेका छन्। पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने प्रहरीकालाई कारवाहीको माग गरिएको छ।अमृताको घर पक्षले विष खाएर मृत्यु भएको दावी गरेपनि उनको के कारणले मृत्यु भएको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन।अमृताको पोष्टमार्टम नएकाले अझै मृत्युको कारण खुल्न सकेको छैन। तर प्रहरीले अनुसन्धान भैरहेको बताएको छ ।