गठबन्धनको निर्णय नमान्नेलाइ कारबाही – खांण

बुटवल,बैशाख७गते।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री वालकृष्ण खांणले गठबन्धनका निर्णयहरु सबैले मान्नु पर्ने बताएका छन् । गठबन्धनको निर्णय नमान्ने र स्वीकार नगर्नेलाई कांगे्रसले अनुशासनको कारवाही गर्ने चेतावनी दिएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमामा पत्रकारहरुसंग कुरा गर्दै कांगे्रस नेता खांणले गठबन्धनको निर्णय नमान्नेलाई प्रदेश, संघ वा पालिकामा निर्वाचन लड्न फेरी टिकट नदिने बताए।गठबन्धनको निर्णयविरुद्ध कांगे्रस्का जो कोहीलाई पनि कांगे्रसले जगेडामा राख्ने बताए ।नेपाली कांग्रेस गठबन्धनमा प्रतिबद्ध भएको बताउंदै उनले भने– सर्वोच्चको आदेशपछि दलहरु मिलेर गठबन्धन सरकार बनेकाले गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध छ ।गठबन्धनमा आवद्व दलहरुबी सहमती, सहकार्यका लागि कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनका लागि अठोटका साथ अगाडी बढ्ने नेता खांणको भनाइ छ ।आगमी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हन्नकी भन्ने विषयमा आशंका नर्गन आग्रह गर्दै तोकिएकै मितिीमा चुनाव हुने बताए ।निर्वाचन आयोगले पुरै तयारीका साथ कर्मचारीहरुलाई काममा खटाएर मतपत्र छाप्ने काम भैरहेकाले अब निर्वाचन हुन्नकी भनेर आशंका गर्ने ठाउं नरहेको बताए । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन शान्ति सुरक्षामा गृहमन्त्रालयले कुनै कसर नराख्ने गृहमन्त्री खांणको दावी छ ।चुनावमा आवश्यक परेमा नेपाल आर्मी, नीजि क्षेत्रका हेलिकप्टरबाट हवाई गस्ती गर्ने र आवश्यक सुरक्षा चाहिने स्थानमा शसस्त्रलाई पठाउने गरी तयारी भएको गृहमन्त्री खांणले बताए । निर्वाचनमा सहभागि नभएका दलहरुसंग स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आव्हानसमेत गरेकाले नेत्रविक्रम चन्द र सिके राउतसंग छलफल भइरहेको बताए ।उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्चको पुर्नवहालीको निर्णयलाई स्वीकार गर्ने बताए ।