गठबन्धनले टुंग्याए उपमहानगरको भागबन्डा

बुटवल,बैशाख७गते।पांचदलीय चुनावी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि उपमहानगरपालिकाको बाँंडफांट टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगरपालिकासंगै ११ उपमहानगरपालिकाको बाँडफांट टुंगो लगाएको हो । सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुख पद पाएको छ, भने वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुखमा उम्मेदवारी दिने भएको छ।यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरमा पनि कांग्रेसका उम्मेदवारलाई गठबन्धनले सघाउने सहमति भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।    उपमहानगरमध्ये जितपुर सिमरा, घोराही र हेटौडामा पनि गठबन्धनले कांग्रेसले अघि सार्ने उपप्रमुखलाई सघाउने भएको छन्। गठबन्धनबीच नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरसंगै जितपुर सिमरा, घोराही उपमहानगरमा प्रमुख दिने समझदारी जुटेको छ। सहमतिअनुसार माओवादी केन्द्रले धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा उम्मेदवार उठाउने छ।नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पोखरा महानगरको प्रमुखमा सघाउने भएका छन्। एकीकृत समाजवादीले काठमाडौं महानगर र हेटौडा उपमहानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ। गठबन्धनले जनता समाजवादी पार्टीलाई मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जको नेतृत्व दिएको छ। जसपाले जनकपुर उपमहानगरमा प्रमुख र कलैया तथा नेपालगञ्ज उपमहानगरमा उपप्रमुखको उम्मेदवार दिने छ।