खिमलाल पाण्डेद्वारा तिनापा १ मा स्वतन्त्र उम्मेदवारी घोषणा

तिलोत्तमा,बैशाख८गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका लागि खिमलाल पाण्डेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिने बिहीबार पत्रकार सम्मेलन गरी खिमलाल पाण्डेले स्वतनत्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।वडा र नगरमा भएको बैधानिक भ्रष्टाचार र दलीय दासत्व प्रणालीको अन्त्यका लागि आफुले स्वन्त्र उम्मेदवारी दिने निर्णय गरेको पाण्डेले बताए।२०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेमाबाट वडा सदस्यमा निर्वाचित पाण्डेले अहिलेको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा उठ्ने गरी तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराए।निर्वाचन आयोगको आचारसहिंता अनुसार यही बैशाख ११ गते वडा अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराए।वडा कार्यालयका सेवा सुविधा छिटो छरितो र पारदर्शी बनाउने, सामाजिक सुरक्षा भत्तालाई घर दैलोमा पुराउने, दीगो खानेपानीको व्यवस्थापन गर्ने, विकासका लागि विनियोजित बजेट सही ठाउंमा प्रयोग गरी सार्वजनिक सुनुवाई गर्ने, सिंचाईको सुविधाको लागि खोज अनुसन्धान गर्ने, वैकल्पिक खेतीको विकास गरी आत्मनिर्भर बनाउने, सामूदायिक विद्यालयहरुको स्तरउन्नती गर्ने जस्ता चुनावी प्रतिवद्वता पाण्डेले जाहेर गरेका छन्।त्यस्तै खेल मैदानलाई व्यवस्थित गरेर प्रत्येक वर्ष जिल्ला स्तरीय खेलकुंद प्रतियोगिताको प्रवन्ध मिलाउने, हालका स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी स्वास्थ्य उपचारलाई छिटो छरितो बनाउन व्यवस्था मिलाउने, सुकुम्वासी समस्याका लागि पहल गर्ने लगायतका प्रतिवद्वतासहित वडा अध्यक्षमा उठ्न लागेको पाण्डेले बताए।एमाले छोडेपछि तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्वको पक्षमा लागेका थिए खिमलाल पाण्डे। तत्कालिज माओवादीबाट पनि खासमा जनताले मुक्ति पाउन नसक्ने भन्दै उक्त माओवादी पार्टी पनि परित्याग गरी पाण्डे तत्कालिन माओवादीबाट विभाजित भएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीमा लागेका थिए पाण्डे।पछिल्लो समय उक्त पार्टीको पनि सदस्यसमेत नहरेको बताउने पाण्डेले आफु कुनै पनि राजनीतिक पार्टीको अण्डरमा नरहेकोसमेत दावी गरेका छन्।२०५४ को निर्वाचनमा वडा सदस्यमा सबै भन्दा बढी मत ल्याएर जितेको बताउने पाण्डेले भने– एमालेबाट जनप्रतिनिधि भएको बेला भ्रष्टाचार र अनियमितताको बिरोध गर्दा समस्या भएको थियो। बैधानिक भ्रष्टाचार मौलाएको र एमाले, कांगे्रस र माओवादी बैधानिक भ्रष्टाचारमा एक ठाउंमा हुने गरेकाले त्यसका विरुद्व आफ्नो स्वतन्त्र उम्मदवार रहेको बताए। एमाले, कांगे्रस र माओवादीबाट भ्रष्टाचार र बेथिति भएको वडा वासीले बुझेकाले आफ्नो पक्षमा वडावासीले मत दिएर चुनाव जित्ने आधार रहेको पाण्डेको भनाइ छ।वडा नम्बर १ मा रहेका ५८ सय मतमा आफुले १६ सम मत ल्याएर चुनाव जित्ने खिमलाल पाण्डे बताउछन्। २०२८ साल भदौ २६ गते स्याङ्जाको साविक जगत्रदेवी गाविस वडा नम्बर ८ बलाम रैबारमा जन्मिएका पाण्डे २०३४ सालमा रुपन्देहीको साविक शंकरनगर गाविस वडा नम्बर ४ को आरती चोकमा बस्दै आएका छन् पाण्डे। स्वतन्त्र उम्मेदवारी घोषाण गरेका पाण्डेको स्थायी बसाइ अहिले पनि सोही ठाउंमा छ।खिमलाल पाण्डे शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष हुन्। पाण्डे हाल १६–३६ मौजा सामूदायिक सिंचाई प्रणालीको कार्यसमिति सदस्य,तिलोत्तमा गौशालाको सचिव लगायतका संस्थाहरुमा आवद्व छन्।