रुपन्देहीमा गठबन्धनबीच अझै सहमति हुन सकेन

सहमतिका लागि दलहरुबीच प्रयास जारी

बुटवल,बैशाख १०गते। पांच दलीय गठबन्धनले रुपन्देहीमा पद बांडफाड टुंगाउन सकेको छैन । चुनाव् तालमेल गर्ने समय अन्तिम हुंदासमेत सहमति हुन सकेको छैन । रुपन्देहीका १६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्नका लागि पांच दलीय गठबन्धन भित्रका दलहरु पटक–पटक बैठक बसेपनि टुंग्याउन सकेका छैनन् ।रुपन्देहीमा नेपाली कांगे्रसले समन्वय गर्नमा ढिलाई गरेकाले सहमति हुनमा ढिलाई भएको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले बताए। ।संयोजन गर्ने विषयमा कांगे्रसको भूमिका कमजोर भएकाले समस्या भएको र छिटो टुंग्याउने गरी छिटो बैठक बस्न सकिने नेता आलमले जानकारी गराए।। गठबन्धनलाई मजबुत बनाएर चुनमा जाने पांच दलबीच एकमत रहेपनि कांगे्रसले पार्टी भित्र विवाद मिलाउन नसकेकाले रुपन्देहीमा गठकन्धन दल भित्रका कांगे्रसबाहेक अन्य चार दलमा अन्योल छाएको छ ।समयमा नै टुंग्याउन कांगे्रसले समन्वय भूमिका खेल्न नसके रुपन्देहीमा गठबन्धन भित्रका दलहरुले सबै स्थानीय तहमा आआफ्न पार्टीको तर्फबाट उम्मेदवारी दिने सक्ने सम्भावन बढेको छ । सहमति हुन नसके अहिले आआफ्नो दलको तर्फबाट उम्मेदवारी दिने र पछि मिलाएर उम्मेदवारी फिर्ता गर्न सकिने राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमको भनाइ छ ।