बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीका १० नेता गिरफ्तार

बुटवल,बशाख१०गते। बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने भएको छ। सो पार्टीले संसदीय व्यवस्थाबाट देश र जनताले मुक्ति सम्भव नहुने र जनताको सत्ता स्थपनाका लागि क्रान्ति परिवर्तन यो चुनावबाट हुन नसक्ने भन्दै चुनाब बहिष्कार गर्ने निर्णग गरेको छ। चुनाव बहिष्कार गरेको सो पार्टीले शनिबार नवलपरासीको सुनवलमा आयोजना गरेको बिरोधी कार्यक्रम सहभागी १० जना नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ। पश्चिम नवलपरासीको सुनवल बजारको चोकमा आयोजना गरिएको कोणसभाबाट उनीहरुलाई गिरफ्तार गरिएको हो।प्रहरीले नेकपा क्रान्तिकारी मओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीष, पोलिट ब्युरो सदस्य धमेश्वर पोखरेल, मोहनलाल शर्मा, रामचन्द्र पोखरेल, पवित्रा बस्ती, रवि पुन छन् ।त्यसैगरी ऋषिराम बि.क., चन्द्रमान मानन्धर, यमबहादुर गुरुङ र रवि पाण्डे छन् ।प्रहरीले गिरफ्तार गरेका क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय महासचिव हुन् ।उनी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पूर्वकोषाध्यक्षसमेत हुन्। पाण्डेले आफू फोटो खिच्न गएको बखत पक्राउ परेको जनाएका छन् ।कार्यकर्ताको रुपमा कार्यक्रममा सहभागी भएकाले गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।पक्राउ पर्ने बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का कार्यकर्ता नै रहेको प्रहरीले बताएको छ ।