अमृता टण्डनलाई न्याय माग्दै आन्दोलन

बुटवल,बैशाख१०गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुई निवासी अमृता टण्डन खत्रीको मृत्युलाई हत्या भएको माईती पक्षको दावी छ ।२०७८ चैत्र ३० गते राती अमृताको मृत्यु भएको थियो।अमृताका श्रीमान, सासु र ससुरा मिलेर हत्या गरेको भन्दै माईती पक्षबाट बैशाख १ गते किटानी जाहेरी दिईएको छ। किटानी जाहेरी अनुसार अमृताको हत्यारालाई कारवाहीको माग गर्दै पीडित पक्षले दैनिकजसो आन्दोलन गर्दै आएको छ। प्रहरी प्रशासनलाई दवाव दिंदै सडक अबरुद्व गर्ने गरिएको छ।अमृतालाई न्याय दिनका हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै शनिबार पनि सडक अबरुद्व गरिएको छ । अमृतालाई न्याय दिन माग गर्दै तिलोत्तमा नगरपालिकाको जानकीनगर र बुटवलको योगिकुटीमा सडक अबरुद्व गरी बिरोध प्रदर्शन गरिएको छ। किटानी जोहरी दिएका व्याक्तिलाई आजीवन कारवास र अमृताको श्रीमान, सासु र सुसराको नाममा भएको सम्पति अमृताको छोरा आदित्यको नाममा गराई दिनुपर्ने माग गरिएको छ। शनिबार दिखउसो बुटवलको योगीटीमा महिला अकिारकर्मी,विभिन्न ठाउंमा आमा समूह, महिला समूह र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा बिरोध प्रर्दशन गरिएको छ।अमृताको हत्यामा संलग्नहरुलाई कारवाही गर्न प्रहरी प्रशासनले आलटाल गरेकाले आन्दोलनमा उत्रनु परेको पीडित पक्षको भनाइ छ।