एमालेले उठायो बुटवलको मेयरमा बाबुराम र उपमेयरमा सावित्रा

बुटवल,बैशाख११गते।नेकपा एमालेले बुटवल उपमहानगर पालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा उपमेयरमा सावित्रा अर्याललाई उठाउने भएको छ। एमालेले हिजो शनिबार बाबुराम मेयरमा भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उठाउने निर्णय गरी उम्मेदवार सार्वजनिक गरेको हो।        भट्टराई र अर्याल लामो समयदेखि एमालेमा लागेर काम गर्दै आएका व्याक्ति हुन्। पार्टीको सचिवालय बैठकले मेयर र उपमेयरमा उठाउने व्याक्तिबारे निर्णय गरेको हो। मेयर पदका उम्मेदवार भट्टराईले लामो समय व्यवसाय सेक्टरमा रहेर काम गरेका हुन। उनी एमाले पार्टीको जिल्ला कमिटी हुंदै हाल प्रदेश कमिटी सदस्य छन्। नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रिय स्वास्थ्य विभागमा रहेर पनि काम गरि सक्नुभएको छ।२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२÷६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यस्तै उपमेयर पदकी उम्मेदवार सावित्रा अर्याल बुटवलमा रहेर एमालेमा आवद्व भएर राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील छन्।हाल नेकपा एमाले केन्द्रिय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालिन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएकी थिइन।२०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधीको भूमिका निर्भाह गर्नुभएको थियो।पूर्व स्याङ्जा घर भएका बाबुराम भट्टराई र पूर्व घर पाल्पा भएकी सावित्रा अर्याल लामो समदेखि बुटवलका स्थायी वासिन्दा हुन्।