गठबन्धनमा सकस, गठबन्धनबाट जसपा बाहिरियो

बुटवल,बैशाख१२गते।स्थानीय तहको निर्वाचनका लागि एमालेबिरुद्ध बनेको पांचदलीय गठबन्धन लुम्बिनी प्रदेशमा पदीय भागवण्डा मिल्न सकेको छैन ।लुम्बिनीका केही ठाउंमा चुनावी सहमति कायम गरेपनि धेरैजसो ठाउंमा चुनावी तालमेल अझै हुन सकेको छैन। उम्मेदवारी दर्ताको अन्तिम दिनसम्म पनि सहमति कायम हुन सकेको छैन। उता एमालले लुम्बिनीका सबैजसो स्थानीय तहमा आफ्ना उम्मेदवारी उठाएर मनोनयनसमेत गरेको छ। तर पांच दलीय गठबन्धन भित्रका दलहरु आन्तरिक रुपमा आफ्ना नेता तथा कार्यकर्ता व्यवस्थापन गर्न नसक्दा गठबन्धन नै धरापको अवस्थामा पुगेको छ।भागवण्डा नमिल्दा अहिले गठबन्धनमा ठूलो समस्या देखिएको छ।कांगे्रस, माओवादीले आफ्नो संगठन बलियो भएको ठाउंमा गठबन्धन भिका अन्य तीन दललाई बैठकमासमेत नबोलाउने र आफुखशी गर्दै आआफ्नै ढंगले उम्मेदवारी खडा गरेपछि अन्य तीन पार्टीलाई गठबन्धन निल्नुन ओकल्नु जस्तै भएको छ। कांगे्रस र माओवादीले बाइपास गर्न खोजेको भन्दै लुम्बिनीका केही ठाउंमा राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल तीन दल मिलेर उम्मेदवारीसमेत उठाएका छन्। विशेष गरेर पांच दल भित्रका ठूला दल भनिने कांगे्रस र एमाओवादीका कारण समयमा सहमति हुन नसकेको राष्ट्रिय जनमोर्चाका नेताहरुले बताएका छन्। गठबन्धन बनाउने अनी सबै ठाउंमा आफ्नै पार्टीको उम्मेदवार उठाउन खोजेका कारण गठबन्धनमा समस्या आएको हो। गठबन्धन भित्रको एउटा दल जनता समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको हैसियतलाई कांगे्रस र माओवादीले नस्वीकारेकाले गठबन्धनबाट बाहिरिएको सो पार्टीका नेताहरुले बताएका छन्।जनता समाजवादीको दलीय पहिचानमाथि आंच आउने काम कांगे्रस र माओवादीबाट भएकाले गठबन्धनबाट बाहिरीनु परेको जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज नारायण नागिलाले बताए। आफ्नो दल जसपालाई उचित स्थान नदिएकाले उपमहानगरबाहेक देशभरका अन्य स्थानीय तहमा गठबन्धनबाट बाहिरिएको प्रवक्ता नागिलाले बताए।जसपाले बुटवलमा पार्टी केन्द्रले गठबन्धनमा बस्न निर्देशन गरेपनि प्रदेश र स्थानीय तहले पार्टीको निर्णय नमानी गठबन्धबाट बारिरिएको छ,जसपा। सत्तारुढ पांच दलीय गठबन्धनले देशभर तालमेल गरेर निर्वाचनमा जाने बताएपनि बुटवल उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले नगरप्रमुख र उपप्रमुख दुईवटै पदमा उम्मेदवारी दर्ता गरिसकेको छ।मनोनय दर्ताको अन्तिम दिनसम्म कांगे्रस र एमाओवादीका कारण गठबन्धनले चुनावी तालेमल गरेर आआफ्ना उम्मेदवारहरु टुंग्याउन सकेको छैन। समयमा आआफ्ना उम्मेदवारहरु टुंगो नलागेपछि गठबन्धन भित्रका दलले आआफ्नै ढंगले उम्मेदवारी दिने र अन्तिम दिनसम्म उम्मेदवारी थुतेर भएपनि गठबन्धन बलियो बनाउने गठबन्धन भित्रका दलका नेताहरुको सोंच रहेको छ।