भारतीय नागरिकद्वारा बुटवलमा सुनचांदी चोरी

बुटवल,बैशाख१४गते।बुटवलको वीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचांदी सुनचांदी पसलबाट साढे चार किलो सुनचांदी चोरी भएको छ। गत सोमबार राती लकर तोडेर भारतीय नारिकले कांचो सुन र बनाइएका गरगहना गरी साढे चार किलो सुन चोरी भएको बताइएको छ।बुटवल सुनचांदी व्यवसायी संघले बुधबार पत्रकार सम्मेलन गरी योजनाबद्व तरिकाले चोरी भएको बताएको छ।बुटवल सुनचांदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले ग्यांस वलडिङ प्रयोग गरेर लकर टुक्राटुक्रा पारी पसलमा रहेको सबै सुनचांदी र गरगहना चोरी भएको बताए।सुनचांदी व्यवसाय असुरक्षित भएकाले आज बुधबार बुटवलमा सुनचांदी व्यवसाय बन्द गर्ने र जिल्ला प्रशासन कार्यालयमा डेलिकेशन जाने अध्यक्ष गकुल विश्वकर्माले जानकारी गराए।।पटक–पटक सुनचांदी पसल चोरी भएको र अहिलेसम्म चोरी भएको सुन प्रहरीले बरामद गरी फिर्ता नगरेको र प्रहरीले चोर पक्राउ गरेर कारबाही गरेको रेर्कड नभएको सुनचांदी व्यवसायी दीपक विश्वकर्माले बताए।पटक–पटक सुनचांदी पसलहरु चोरी भएपछि व्यवसाय असुरक्षित भएको सुनचांदी व्यवसायीले गुनासो गरेका छन्।डाक्टर योगेन्द्र अग्रहरिको घर भाडामा लिएर साझेदारी व्यवसाय गर्ने भारतीय नागरिकले योजनावद्व रुपमा होटेलमा बसेर सुनचांदी पसल चोरी गरेको पीडित पक्षको दावी छ।चोरीमा संलग्न व्यक्ति सिसिटिभि क्यामरामा स्पष्ट देखिएकाले तत्काल पक्राउ गरी सुनचांदी फिर्ता गरी चोरीमा संलग्नहरुलाई कानुनी कारवाही गर्न पसल धनी नन्दबहादुर सुनारको माग छ।.सिसिटिभि क्यामरामा स्पष्ट देखिए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। प्रहरीले खोजतलास भैरहेको बताएको छ।चोरीमा संलग्न व्यक्तिले प्रयोग गर्ने मोवाइलको सीम तौलिहवाबाट निकालकोे पत्ता लागेको छ। चोरीमा संलग्न व्यक्ति हिजो मंगलबार मोवाइलको लोकेशनले सुनौलीमा देखाएकाले भारत छिरिसकेको अनुमान गरिएको छ।