चुनाब बहिष्कार गर्न नेकपा क्रान्तिकारी माओवादीको आह्वान

बुटवल,बैशाख१४ गते।नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेको छ।बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले संसदीय व्यवस्था असफल भैसकेकाले स्थानीय तहको चुनाबको औचित्य नभएको भन्दै चुनाब वहिष्कार गरेको हो।अन्य राजनीतिक दलहरुले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आआफ्ना उमेदवार जिताउन प्रचार–प्रसारमा लागेका छन्। तर बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले भने चुनाव बहिष्कारको प्रचारमा लागेको छ ।चुनाव बहिष्कारमा लागेको सो पार्टीले बुधबार रुपन्देहीको बुटवलमा कोणसभा गरी स्थानीय तहको चुनाव बहिष्कार गर्न आह्वान गरेको छ।संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नहुने नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीषले बताए।उनले अहिलेको राज्य व्यवस्थामा हुने चुनावबाट जनताको राज्यसत्ता स्थपना नहुने भएपछि स्थानीय चुनाव बष्किार गरिएको जानकारी गराए। सत्तामा रहेका दलहरुले राष्ट्रघाती काम गरेको आरोप लगाउंदै राष्ट्रघातीहरुले गराउने चुनावमा सत्ताको आडमा दमन हुने र निष्पक्ष नहुने भएकाले पार्टीले चुनाव बष्किारको नीति ल्याएको रामसिंह श्रीषको भनाइ छ ।नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले यो राज्य व्यवस्थाबाट जनताको मुक्त सम्भव नहुने बताए। उनले अहिले हुने स्थानीय निर्वाचनमा पनि वास्तबिक जनताको प्रतिनिधिहरु निर्वाचित हुन नसक्ने भएकाले यो चुनाव बहिष्कार गरिएकाले राष्ट्रघातीहरुलाई आफ्नो अमुल्य मत नदिन जनतासंग अपिल गरे। सक्ताको आडमा हुने चुनाब बहिष्कारको प्रचार–प्रसारका लागि रुपन्देहीको बुटवलको विभिन्न ठाउं, तिलोत्तमा, भैरहवा, देवदह, सैनामैना लगायतका थुप्रै ठाउंमा कोणसभा गरी चुनाब बहिष्कार गर्न मतदातालाई आह्वान गरिएको सो पार्टीका नेता राजु भुजेलले जानकारी गराएका छन्।

चुनाव बहिष्कार गर्ने नेकपा क्रान्तिकारीको आह्वानको पूर्णपाठ
प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गरौं । नयां जनवादी क्रान्तिको तयारीमा जुटौं ।
आदरणीय जनसमुदाय ।
वर्तमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि अनेकौं जनआन्दोलन, संघर्ष र दश वर्षीय जनयुद्ध भएका छन् । यी संघर्षहरुमा विशाल संख्यामा जनताका छोराछोरीहरुले सहादत प्राप्त गरेका छन् । कैयौं राज्यद्वारा वेपत्ता पारिएका छन्, कैयौ घाइते तथा अपाङ बनाइएका छन् । परन्तु प्रतिक्रियावादी षडयन्त्र, अवसरवादीहरुका धोका तथा गद्दारीका कारण ती संघर्ष सफल हुन सकेनन् र जनमुक्तिका सपना अधुरै रहे । हालका वर्षहरुमा पनि विभिन्न जनविरोधी सरकारहरुद्वारा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति संघर्षमा उत्रिदै आएका जनताका आवाज सुन्नुको सट्टा उल्टै दमनमा उत्रने काम भएका छन् । यी सबै तथ्य र यथार्थलाई आत्मसात गर्दै २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको हाम्रो पार्टीले बहिष्कार गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचन बहिष्कार किन ? किन भने ः
१.वर्तमान प्रतिकि तथा व्यवस्थाका विरुद्ध र विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको ।
२. सिंहदरवारमा हुँदै आएको भ्रष्टाचार स्थानीय तहसम्म पुग्दै गएको ।
३. सम्पूर्ण सत्ता अझै केन्द्रीकृत भएको, बन जङ्गल, जडीबुटी, भूसम्बन्ध, नदीनाला, खनिज, विकास, निर्माण, सबै क्षेत्रमा जनतालाई अधिकार र स्वायत्तता नदिइएको ।
४. गत निर्वाचनहरुमा झैँ यस निर्वाचनमा पनि प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने अवस्था देखिएको ।
५.सत्ताधारी तथा सत्ताका प्रत्याशी रहिआएका तत्व तथा दलहरुद्वारा अत्यधिक रुपमा साधन स्रोतहरुको दुरुपयोग गर्ने स्पष्ट हुंदै आएको ।
६.स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको र नदेखिएको ।
७.अहिले संसदमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गर्ने काममा लागेका प्रतिक्रियावादी तथा कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवादी तत्वहरुको भण्डाफोर गर्न अति जरुरी भएको ।
८.वर्तमान राज्यसत्ताका कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका तीनओटै अंग असफल बन्दै गएपनि राज्यसत्ता नोकरशाही संयन्त्रको बलमा टिकिरहेकोले स्थानीय निर्वाचनको सक्रिय बहिष्कार गर्न एकदमै सही र उपयुक्त छ ।
परिवर्तनकारी जनसमूदाय,
राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्या झनै गम्भीर र बिककराल बन्दै आएका छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै सुस्ता सहितका देशका भूभागमा भारतीय विस्तारबादको अतिक्रमण तथा हस्तक्षेप भएकोमा सत्ताधारीहरु मौन बनर बसेका छन् । मजदुर, किसान, महिला, दलित आदिवासी जनजाती, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रका जनता जनतान्त्रिक हक, अधिकार र जनजीविकाका समस्याहरुको समाधानतर्फ कुनै ध्यान दिएको छैन । महङी चरम बन्दे गएको छ । देशको अर्थतन्त्र साम्राज्यवादी नवउदारबाद र भारतीय विस्तारबादको चंगुलमा परेको छ । यस स्थितिमा देश र जनताको हित, मुक्ति र अधिकार प्राप्तीका लागि निरन्तर संघर्ष गर्दै जान अपरिहार्य बन्न गएको छ । तसर्थ, हाम्रो पार्टी आगमी बैशाख ३० गते हुन गैरहेको स्थानीय जिर्वाचनको सशक्त बहिष्कार गर्न र बहिष्कार आन्दोलनलाई सफ तुल्याउनका लागि सम्पूर्ण जनसमूदायमा विनम्रतापूर्वक हार्दिक अपिल गर्दछ ।
 नाराहरु –
१ कथित स्थानीय निर्वाच बहिष्कार गरौं ।
२ राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं ।
३ भारतद्वारा अतिक्रमित कालापानी सहितका भूभाग मुक्त गरौं ।
४ संघीय जनगणतन्त्र स्थापना गरौं ।
५ नयां जनवादी क्रान्ति जिन्दाबाद ।
६ माक्र्सवाद– लेनिबाद – माओवाद जिन्दाबाद ।
७ प्रतिक्रियाबादी राज्यसत्ता र व्यवस्था मुर्दाबाद ।
८भारतीय विस्तारबाद, अमेरिकी साम्राज्यबाद, दक्षिणपन्थी संशोधनबाद – मुर्दाबाद ।
९ वीर शहीदहरु – लालसलाम ।
१० नेकपा क्रान्तिकारी माओवादी जिन्दाबाद ।