राष्ट्रिय जनमोर्चा रुपन्देहीको चुुुुुुुुुुुनावी प्रतिद्दता पत्र सार्वजनिक, संघीयता र एमसीसी खारेजी प्राथमिकतामा

    बुटवल,बैशाख १८ गते। राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्वता पत्र सार्वजनिक गरेको छ । चुनावी घोषणा पत्रको रुपमा राष्ट्रिय जनमोर्चाले आइतबार बुटवलमा पकार सम्मेलन गरी ३१ बुंदे चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको हो ।राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेका हुन् ।उक्त प्रतिवद्वता पत्र सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिवद्वता पत्रमा गणतत्रन्त्र,राष्ट्रियताको रक्षा, संघीयता र एमसीसी खारेजीका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीका स्थानीय तहहरुमा उम्मेदवारी दिएको उल्लेख गरिएको छ ।स्थानीय स्वशासनलाई संविधानमै मौलिक हकका रुपमा स्थापित गर्न र प्रदेश संरचनाको खारेजी गरी प्रदेशको अधिकार स्थानीय तहमा हस्तान्त्रण गराउन स्थानीय तहको चुनावमा भाग लिएको प्रतिवद्वता पत्रमा उल्लेख छ ।त्यस्तै संविधानमा उल्लेखखित जनताको मौलिक हक अधिकार व्यवहारमा लागु गर्न, स्वास्थ्य संस्थाहरुको स्तरउन्नती गरी निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न,गाउं, नगरको विकासका साथै सर्वाङिण विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति लागु गरिने राष्ट्रिय जनमोर्चाले बताएको छ । फोहोरको उचित व्यवस्थापन,शुद्व खानेपानीको पहुंच जनतामा पुराउने, नदीजन्य पद्वार्थको जथाभावी उत्खनन् नियन्त्रण गरिने, विद्युत तथा इन्धन आपूर्ति र अपराध नियन्त्रण र ट्राफिक नियमको उचित व्यवस्थापन गरिने छ ।स्थानीय तहसम्म मौलाउंदै गएको भ्रष्टाचार, महङी, लागु औषधको नियन्त्रण, हत्या, हिंंसा, बलत्कार, छुवाछुत, कुप्रथाको अनत्य गर्न र जेष्ठ नागरिकको संरक्षण, उचित स्वास्थ्य सेवाको व्यवस्था व्यवस्था गरिने राष्ट्रिय जनमोर्चाको चुनावी प्रतिवद्वता पत्रमा उल्लेख गरिएको छ ।विकासका नाममा हुने अनियमितता रोक्न, भूमिहिन र अव्यवस्थित बसोवासको समस्यालाई सधैका लागि अन्त्य गरी जग्गाधनी पूर्जा वितरण गरिने प्रतिवद्वता जनाइएको छ ।त्यस्तै जीवन उपयोगी निःशुल्क शिक्षाको व्यवस्था गरिने र कृषि, पर्यटनको उचित विकास गरी सहकारी मार्फत कृषि उत्पादन, साना उद्योगहरुलाई प्रोत्सान गर्ने र विदेशी आयतलाई प्रतिस्थापन गरी स्थानीय सरकारको आर्थिक विकास गरिने छ ।जनताबाट निर्वाचित प्रतिनिधिले जनताको हित विपरित कार्य गरेमा फिर्ता बोलाउन पाउने पाउने अधिकार सुनिश्चित गरिने राष्ट्रिय जनमोर्चा रुपन्देहीका उम्मेदवाहरुले प्रतिवद्वता जनाएका छन् ।पांच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले रुपन्देहीका विभिन्न स्थानीय तहमा ७८ जना जनप्रतिनिधि उम्मेदवार बनेका छन्। बद्रे आलमको अध्यक्षता र गंगालाल सापकोटाको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।