अमुल्य मत खेरा नफालौ – जसपा

जसपा चुनावी अभियान सक्रिय

भैरहवा, बैशाख १९ गते ।स्थानीय तहको निर्वाचन नजिकिएसंगै जनता समाजवादी पार्टी नेपाल आफ्ना चुनावीका गतिविधिमा सक्रिय भएको छ ।जनता समाजवादीले आफ्ना उम्मेदवारहरुलाई जिताउने गरी प्रचार–प्रसारलाई तीव्रता दिएको छ । प्रचार–प्रसार अन्तर्गत रुपन्देहीका विभिन्न ठाउंहरुमा प्रचार डेक्स र निर्वाचन परिचालनका लागि कार्यालयहरु स्थापना गरिएको जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख नारायण नागलिाले बताए ।जसपाका युवा नेता नागिलाका अनुसार गठबन्धन भित्रका कांगे्रस, माओवादीले धोक्का दिएपनि पार्टीले उठाएका उम्मेदवारहरुलाई जिताउने गरी चुनावी अभियानलाई जनताको घरदैलोमा केन्द्रित गरिएको छ ।चुनाव प्रचार प्रसारका लागि रुपन्देहीको सिद्वार्थ नगरपालिका भैरहवामा प्रचार प्रसारका लागि कार्यालय स्थापना गरिएको छ । सिद्वार्थ नगरपालिका वडा नम्बर ८ को अन्नपूर्ण टोलमा चुनाव प्रचार प्रसार समितिको कार्यलय उद्घाटन गरिएको छ ।सिनपा बडा न ८ अध्यक्ष का उम्मेदवार गोपाल खनालको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका मेयर पदका उम्मेदवार मातृकापसाद यादवले जसपा नेपालको चुनव चिन्ह छातामा मत दिनका लागि नगरवासीसंग आग्रह गरेका छन् ।पुराना पार्टीहरुको विकल्पमा अबको विकल्प जसपा नेपाल भएको बताउंदै जसपाबाट मात्र देशको समृद्धि र बिकास सम्भव भएकाले आफ्नो अमुल्य मत दिन मेयरका उम्मेदवार यादवको आग्रह छ ।उक्त कार्यक्रममा उप मेयरका उम्मेदवार आसमा खातुनले पार्टीको सही योजना र जात धर्म भन्दा पनि उम्मेदवारको क्षमतालाई हेरेर मतदान गर्न नगर बासीलाई अपिल गरेकी छन् ।जसपाको जितले नै नेपाल सम्वृद्वि बन्ने र विकासले फड्को मार्ने भएकाले आफ्नो मत जसपालाई दिन आग्रह गरिन् ।उक्त कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सदस्य उजपल पोखरेल सिनपा इन्चार्ज मोहमद अली, जसपाकी रबिना भण्डारी, दुर्गा केसी, युवा नेता दिनेश यादव भुवन पौडललगायतको सहभागिता रहेको थियो ।