चुनाव बहिष्कार गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

   बुटवल,बैशाख१९गते। स्वतन्त्र नागरिक समूह नेपालले स्थानीय आगमी बैशाख ३० गतेको स्थानीय तहको चुनाव बहिष्कार गर्न आम नेपाली नागरिकलाई अपिल गरेको छ ।अहिलेसम्म सत्तामा बसेका दल र ति दलका नेताहरुको सत्ता स्वार्थका कारण नेपाल आर्थिक र भौतिक रुपलेसमेत कमजोर भएकाले फेरी पनि तीनै दलहरुलाई मत दिएर देशलाई थप संकटमा नर्पानका लागि स्वतन्त्र नागरिक समूह नेपालले विज्ञप्ती जारी गरी बहिष्कार गर्न आग्रह गरेको छ।स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरे र महासचिव टोपबहादुर केसीद्वारा सोमबार जारी विज्ञप्तीमा नेपालको स्वतन्त्रता, अखण्डता तथा सार्वभौमिकताको रक्षाका लागि स्थानीय तहको चुनाव बहिष्कारका लागि अपिल गरिएको छ ।राष्ट्रघातीहरुको संलग्नतामा हुुुुुुन गैरहेको स्थानीय चुनावमा भाग लिनु भनेको जनस्तरबाट पनि एमसीसी परियोजना अप्रत्यक्ष रुपले अनुमोदन गर्नु सरह भएको विज्ञप्तीमा लेखिएको छ। गलत बाटोबाट ल्याइएको संघीयता र एमसीसी परियोजनाले देश झनै संकटमा पर्ने निश्चित भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ।