एमालेका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगीत

बुटवल,बैशाख२०गते।मंगलबारदेखि शुरु भएको लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अबरुद्ध गरेको छ ।प्रदेश सभाको पहिलो बैठक सुरु भए लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभामा आफुहरूले राखेका माग सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताए।। सदनमा नेकपा संसदीय दलका प्रमुख सचेतक ढकालले बोले लगत्तै एमालेलेका प्रदेश सभा सदस्यहरूले बेल घेराउ गर्दै नारावाजी गरेपछि बैठक स्थगीत भएको हो।एमालेले नारावाजी जारी राखेपछि सभामुख पूर्णबहा दुर घर्तीले मंगलबार दिउंसो २ बजेसम्मका लागि बैठक स्थगीत गर्नुभएको थियो।दोस्रो शेसनको बैठकमाएमालेका सांसदहरुले सहभागी भएनन् ।त्यस अबसरमा बोल्ने सांसदहरुले संसद अबरु नर्गन सभामुखसंम माग गरेका थिए।कांगे्रस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, नकेपा माओवादी संसदीय दलका सचेतक तुलाराम घर्ती, राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसी, जनता समाजवादी पार्टी नेपाली सांसद निर्मला मुडवरी लगायले बोल्दै संसद अबरुद्व नर्गन एमाले सांसदहरुलाई आग्रह गर्नुभएको थियो। अब जेठ १० गते अर्को बैठक बस्ने मिती तोकिएको छ।