सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

बुटवल,बैशाख २० गते ।
गृहमन्त्री बालकृष्ण खांणले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रहुखहरुलाई निर्देशन गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा गृहमन्त्रीको उपस्थितिमा भएको सुरक्षा निकायको बैठकमा गृहमन्त्री खांणले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएका हुन् ।स्थानीय तह निर्वाचनका मतदाता, मतदानस्थलमा खटिएका कर्मचारी र आमनागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले सोही बमोजीम सुरक्षाको प्रत्याभूत गराउने गरी सबै तयारी गर्नुपर्ने गृहमन्त्री खांणको भनाइ छ ।बैठकमा खांणले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।मतदानस्थल, मतपेटिकको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै गृहममन्त्री खांणले समन्वय,सहकार्य सबैभन्दा महत्वपूर्ण हुने बताए। सुरक्षा निकायबाटसम्भावित जोखिम अध्ययन गरी अति संवेदनशी,संवेदनशील क्षेत्रहरुको सुरक्षालाई विशेष ध्यान दिईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवररीले बताए ।बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता थियो ।