विसका लागि वजेटको माग गर्नु जनताको अधिकार हो : अर्थमन्त्री पौडल

श्यामलाल पोखरेल

मंसिर १०, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गीवार्ण सरस्वती संस्कृत तथा साधारण माध्यामिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको समुदघाटत र छात्रावास भवन निर्माण शुभारम्भ गरिएको छ ।

केन्द्रिय सरकारका अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुक्रबार एक सामारोहबीच मण्टेश्वरी भवनको समुदघाटन र छात्रावास भवनको शुभारम्भ गर्नुभएको हो । सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधि भएको बताउनुभयो ।

विकासको लागि वजेट माग गर्नु जनताको अधिकार भएको विष्णु पौडेलको भनाइ छ । गीवार्ण स्कुलको भौतिक र शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । दुइ तिहाई नजिकको नेकपाको सरकार कच्चा खेलमा सहभागी नभएको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले आफ्नो पांच वर्षे कार्यकाल पूरागर्ने दावी गर्नुभयो ।

जनताको भरोसा अनुसार सरकार चलेको दावी गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो – निर्वाचनको घोषणा पत्रलाई कार्यान्वयन गर्छौ । निताउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्पूर्ण आयोजना हुने बताउनुभयो । तीनाउ, दानव कोरिडोरको जनस्तर र मिडियाकर्मीबाट निगरानी गर्न आवश्यक पर्ने बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर २ का सांसदसमेत रहनुभएका विष्णु पौडेलले रुपन्देही साघुरिदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनुभयो । यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तीनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणा अगागी बढाउन सकिने उहांको भनाई छ । महानगरको लागि गुरुयोजना बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि सरकारको तर्फबाट आफुले सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो । तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डिपिआरको तयारी भैरहेको बताउंदै २ सय विघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसावले महत्वकांक्षी छ भन्नुभयो । मेडिकल कलेज निर्माणका लागि छाता ऐन निमार्ण गरेर केही समयपछि पूर्वाधारको काम शुरु गरिने आश्वासन दिनुभयो । उहांले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर जनप्रतिनिधि र सबै क्षेत्रलाई लागि पर्न आग्रह गर्नुभयो ।

गीवार्ण सरस्वती संस्कृत तथा साधारण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ केदारचन्द्र पराजुलीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

नर्सरी, केजी र कक्षा १ को पढाईका लागि निर्माण गरिएको बालमैत्री नमुना मण्टेश्वरी भवनलाई अत्याधुनिक तिन तले बनाउने योजना रहेको र त्यसका लागि वजेको अभाव रहेकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेले तिनै तहका सरकारसंग वजेटको माग गर्नुभयो ।