चुनावलाई लक्षित गरी रुपन्देहीमा राष्ट्रिय जनमोर्चा घरदैलोमा केन्द्रित

बुटवल,बैशाख२२ गते। स्थानीय तहको निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चाले चुनावी प्रचार– प्रचार प्रसारलाई तीव्रता दिएको छ ।क्ेही लिन अघिदेखि आफ्ना चुनावी एजेण्डा र उम्मेदवारलाई जनताको घरदैलोमा लगरे राष्ट्रिय जनमोर्चाले मतदातासंग मत मागेको छ ।पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले गठबन्धन भएको ठाउंमा संयुक्त रुपमा र गठबन्धन नभएको ठाउंमा एकल रुपमा घरदैलो अभियानमा जुटेका छन् राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता र उम्मेदवारहरु ।रुपन्देहीमा पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ, राष्ट्रिय जनमोर्चाले। रुपन्देहीका १६ स्थानीय तहहरुमा सबै ठाउंमा गठबन्धन हुन नसकेपछि राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवार उठेका स्थानीय तहमा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।गठबन्धन भित्रका दलहरु कांंगे्रस र माओवादीले राष्ट्रिय जनमोर्चाको अस्तित्व स्वीकारन नसकेका ठाउंहरुमा एकल उम्मेवारी दिनुपरेको राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिब टानबहादुर केसीले बताए।
उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनको अन्तिम समयसम्म पनि रुपन्देहीका सबै स्थानीय तहमा मिलेर जाने सहमित भएपनि उम्मेदवारी दिने समय एक घण्टा रहेको बेलामा कांगे्रस र माओवादीका कारण सहमति नभएकाले रुपन्देहीका सम्भव भएका ठाउंमा एकल उम्मेदवारी दिनुपरेको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको भनाइ छ।
गठबन्धन भएको ठाउंमा इमान्दारिताका साथ गठबन्धनलाई जिताउने गरी मत माग्ने र गठबन्धन नभएको ठाउंमा आफ्ना उम्मेदवारलाई मत माग्दै यति बेला राष्ट्रिय जनमोर्चा रुपन्देहीमा घरदैलो अभियानमा केन्द्रित भएको छ।रुपन्देहीको भैरहवाको सिद्वार्थ नगरनगरपालिकाको मेयर पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता हिरालाल धामीसहितका उम्मेदवारहरुले घरदैलो अभियान चलाएका छन्। मेयरसहित सिद्वार्थ नगरको विभिन्न वडामा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले सबै ठाउंमा भरदैलो अभियानलाई तीव्रता दिएको चुनाब परिचालन समितिका संयोजक नेत्र आचार्यले बताए । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि राष्ट्रिय जनमोर्चाले चुनाबी अभियान अनुसार घरदैलो अभियानलाई तीव्रता दिएको छ। तिलोत्तममाा गठबन्धन नभएकाले आफ्ना उम्मेदवार उठाएका वडाहरुमा घरदैलो अभियान चलाईएको राष्ट्रिय जनमोर्चाका स्थानीय नेता शिवराम घिमिरेले नयां दिशालाई बताए।
तिलोत्तमामा रुकबहादुर पराजुलीले राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिएका छन्। त्यस्तै उपमेयरका लागि शान्ताकुमारी घर्ती क्षेत्री उपमेयरको पदमा उम्मेदवारी दिएकी छन्। तिलोत्तममा २८ जनाले राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर, उपमेयर र केही वडामा गठबन्धनमा सहमति भए अनुसार गठबन्धनमा उम्मेदवारलाई जिताउने र सहमति नभएको ठाउंमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउने गरी घरदैलो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम श्रेष्ठले बताए ।
त्यस्तै रुपन्देहीकै सैनामैना नगरपालिकामा पनि राष्ट्रिय जनमोर्चाले चुनाबी अभियान अन्तर्गत घरदैलो अभियानलाई तीव्रता दिएको छ। राष्ट्रियता, गणतन्त्रको रक्षा गरौं, संघीयता खारेज गरौं र राष्ट्रघाती एमसीसी खारेजीका लागि राष्ट्रिय जनमोर्चालाई भोट माग्दै घरदैलो अभियानमा लागिएको कृष्णबम मल्ले बताए।
त्यस्तै रुपन्देहीको कञ्चन गाउंपालिकामा पनि राष्ट्रिय जनमोर्चाले घरदैलो अभियान सञ्चालन गरेको छ। गाउंपालिकाका अध्यक्ष पदका उम्मेदवार लिलाराम खनालसहितका उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन्। कञ्चनको विभिन्न वडाको टोलटोलको वस्तीमा घरदैलौ गरी कोणसभाहरु ग्रिएको वडा अध्यक्षका उम्मेदवार खड्क जीसीले बताए। त्यस्तै रुपन्देहीको देवदहमा पनि राष्ट्रिय जनमोर्चाले घरदैलो अभियान सञ्चालन गरेको छ । रुपन्देहीका अन्य स्थानीय तहहरुमा पनि राष्ट्रिय जनमोर्चाले आफ्ना उम्ेदवारसहित घरदैलो अभियान चलाएको छ।
राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारलाई गिलास चुनाव चिन्हमा मतदान गर्न समेत आम मतदातालाई अनुरोध गरेको छ। राष्ट्रिय जनमोर्चा स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली स्थापनाका लागि जोड दिँदै संघीयताको खारेजी, एमसीसी खारेजीको विषयलाई प्रमुख मुद्धा बनाएर चुनावी अभियानमा जुटेको राष्ट्रिय जनमोर्चा।