पण्डित नारायण पोखरेल हत्याको १७ वर्ष हुंदापनि हत्याराको पत्तो लागेन

राज्य बेखवर

श्यामलाल पोखरेल

     बुटवल,बैशाख२३ गते।धार्मिक क्षेत्रका अगुवा पण्डित नारायण पोखरेलको हत्या भएको १७ वर्ष पुगेको छ। २०६२ साल बैशाख २३ गते बिहान पण्डित पोखरेलको हत्या गरिएको थियो।धार्मिक प्रवचन तथा धनधान्याञ्चल महायज्ञमा कथा वाचनका लागि पण्डित नारायण पोखरेल रुपन्देहीको साबिक दुधराक्षको कलौनीमा आएको बेला हत्या गरिएको हो। सैनामैना कलौनीस्थित रामापुर क्याम्पसको भौतिक निर्माण तथा प्राज्ञिक भवन बनाउनका लागि आर्थिक संकलन गर्ने उद्वेश्यले धनधान्यान्चल महायज्ञ आयोजना गरिएको थियो। स्थानीय डामप्रसाद गैरेको घरको उपल्लो तलामा बसेका पण्डित पोखरेलको घर भित्रै गएर गोली हानिएको थियो। मोटरसाईकलमा आएका तीन नजाको समूहले गोली हानी पण्डिात नारायण पोखरेलको हत्यागरेको स्थानीय वालकृष्ण गैरेले बताउछन्।धार्मिक क्षेत्रबाट आर्थिक संकलन गरेर शिक्षा र स्वास्थ्य क्षेत्रका लागि सहयोग पुराउैदै आएका पण्डित पोखरेलको हत्याको कारण अझै खुल्न सकेको छैन।राज्यले पण्डित पोखरेलको हत्या भएको स्वीकार गरेपनि हत्यामा संलग्न अपराधीलाई राज्यले अझैसम्म पक्राउ गर्न सकेको छैन। हत्यापछि माओवादी हु भन्दै नारायण पोखरेलको हत्या गरेको स्वीकार गरेको बताइएपनि राज्यले त्यो पुष्टि गर्न सकेको छैन। तत्कालिन माओवादी निकट मुक्ति मोर्चाले पण्डित नारायण पोखरेलको हत्या गरेको हो भन्ने त्यो बेला आरोप लगाईएपनि राज्यले त्यसबारे केही बोलेको छैन। देश, विदेशमा धार्मिक प्रवचनबाट संकलन भएको आर्थिक समाज सेवामा खर्चेर उदाहरणीय काम गर्दै आएका स्व. नारायण पोखरेललाई घरपरिवार र हिन्दु धर्मममा आस्थावानहरुले धार्मिक शहीद घोषण गर्न राज्यसंग माग गरेका छन्। महायज्ञबाट संकलित रकमबाट रुपन्देहीको सैनामैनामा शहीद नारायण पोखरेल रामापुर क्याम्पस सञ्चालनमा छ। स्व. नारायण पोखरेलले कथा वाचन गरेको उक्त योगदानबाट धनधान्याञ्चल महायज्ञबाट ४२ लाख संकलन भएको थियो। सोही ४२ लाखको लगानीबाट सञ्चालित शहीद नारायण पोखरेल रामापुर क्याम्पसमा अहिले झण्डै उक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् ।धनधान्याञ्चल महायज्ञको आयोजना गरी स्वं नारायण पोखरेलका छोरा दिनवन्दु पोखरेलबाट कथा वाचन तथा धार्धिक प्रवचन सुन्ने र सुनाउने सैनामैनाका स्थानीयको इच्छा छ।स्व. पण्डित नारायण पोखरेलका छोरा पण्डित दिनबन्धु पोखरेलले पिता जीका हत्यारालाई राज्यले आजसम्म पक्राउ गर्न नसक्दा आफ्नो परिवार दुखी भएको बताए।