राष्ट्रिय जनमोर्चा र कांगे्सको गठबन्धनप्रति झिमरुकमा जनलहर बढ्दो

बुटवल, बैशाख२५ गते।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरु घर दैलो अभियानमा जुटेका छन् । पांच दलीय गठबन्धन र गठबन्धनबाहेक दलहरु घरदैलो कार्यक्रममा लागि परेका छन् ।चुनावको मिति नजिकिंदै गर्दा प्यूठानका सबै स्थानीय तहमा राजनीतिक दलहरु चुनावी अभियानमा केन्द्रित भएका छन् ।प्यूठानको झिमरुक गाउं पालिकामा पनि चुनावी अभियानलाई तीव्रता दिईएको छ ।      राष्ट्रिय जनमोर्चा र नेपाली कांगे्रसबीच बनेको गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ ।दुई दलीय गठबन्धनले हरेक घरघरलाई केन्द्रित गरेर अहिले घरदैलो अभियानका साथसाथै जनघेटाटलाई प्राथमिकता दिएको छ ।राष्ट्रिय जनमोर्चाको तर्फबाट गाउंपालिकाका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार टिका जीसी र कांगे्रसको तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी उम्मेदवार प्रमोद पोखरेललाई दुवै पार्टीले उठाएको छ ।दुई दलबीच गठबन्धन भएसंगै झिमरुकमा चुनावी कार्यक्रमले तीव्रता पाएको छ । गठबन्धले घरदैलो अभियानसंगै वडावडामा चुनावी सभाहरु आयोजना गरिरहेको छ । राष्ट्रिय जनमोर्चा र कांगे्रसबीचको गठबन्धनका उम्मेदवारहरुलाई जिताउन दलका नेताहरु झिमरुकमा खटिएका छन् ।राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसी, बासुदेव पोखरेल, अखिल छैठौंका पूर्व अध्यक्ष विमल पोखरेल, अखिल छैठौका सचिव शुवास जीसी र नेपाली कांगे्रसका नेता डाक्टर गोविन्द पोखरेल डाक्टर विष्णु पोखरेल, निमा गिरी लगायतका नेताहरु स्थानीय चुनावका लागि झिमरुकमा खटिएका छन्। झिमरुक गाउंपालिकाको आठवटै वडामा घरदैलो जभेटघाट, वडाका विभिन्न ठाउंहरुमा सभाको आयोजना गरी मतदातालाई सचेत गराउने गरिएको अध्यक्ष पदका उम्मेदवार टिका जीसीले जानकारी गराएका छन् । यस अघि गाउंपालिकाले धेरै राम्रा काम गरेको र बांकी रहेका अधुरा काम पुरा गरेर जनताको मन जित्ने गरी काम गर्ने अध्यक्ष पदका प्रत्यासी उम्मेदवार टिका जीसीले बताए।।
यस अघि भएका राम्रा कामको आधारमा झिमरुकको शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, सडक, खानेपानी, विद्युत, सरसफाईको क्षेत्रमा उत्कृष्ट काम गरेर झिमरुक गाउंपालिकालाई नमुना गाउंपालिकाको रुपमा विकास गर्ने आफुहरुसंग एथेष्ट योजना रहेको अध्यक्ष पदका प्रत्यासी टिका जीसीको प्रतिवद्वता छ ।
त्यस्तै उपाध्यक्ष पदका प्रत्यासी प्रमोद पोखरेलले हामीसंग झिमरुकलाई नमुना गाउंपालिका बनाउने योजना भएकाले गठबन्धनको पक्षमा झिमरुकका जनताले विश्वास गरिसकेको बताए ।
हाम्रो पक्षमा झिमरुकमा ठूलो जनमतसहित जनलहर बढेकाले चुनाव जित्ने निश्चित भैसकेको उपाध्यक्ष पदका प्रत्यासी प्रमोद पोखरेलको भनाइ छ ।
झिमरुकका आठवटै वडामा राष्ट्रिय जनमोर्चा र कांगे्रसबीच चुनावी तालमेल भएको छ । सबै वडा जित्ने गरी चुनावमा लागिएको चुनाव परिचालन समितिका संयोजक मिनराज भट्टराईले बताए ।