आज बुटवलमा एमालेले चुनावी सभा गर्दै

प्रमुख अतिथि केपी शर्मा ओली

बुटवल,बैशाख २५ गते। नेकपा एमालेले आज बुटवलमा चुनावी सभा गर्दै छ । चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।बुटवल ११ को देवीनगरस्थित मैदानमा आमसभा हुनेछ । आमसभाका लागि एमाले पुरै तयारी गरिसहको छ । सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतका नेताहरु बोल्ने कार्यक्रम रहेको एमालले बताएको छ ।रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमाले रुपन्देहीले बताएको छ ।एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीका अनुसार रुपन्देही जिल्ला स्तरीय उक्त सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन्। एमालेले चुनावी सभालाई व्यवस्थित र मर्यादित बनाउनका लागि विभिन्न समितिहरु गठन गरेर तयारी गरेको छ ।बुटवलका टोलटोलबाट बाजागाजा र झांकीसहित सभामा सहभागिता गराउने एमालेको तयारी छ ।