एमालेको जितलाई कसैले रोक्न सक्दैन– ओली

बुटवल, बैशाख २५गते।नेकपा एमालेका अध्यष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विजयको यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् ।नेकपा एमालले आइतबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको ओलीले चुनाव जित्नका लागि गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दावी गरे ।गठबन्धनले नेपाली जनतालाई झुक्काउन नसक्ने बताउंदै अध्यक्ष ओलीले भने – गठबन्धनका लागि एमाले एक्लै काफी छ, एमालेलाई कसैसंग साठगांठ र गठबन्धन गर्नुप्रर्दैन । एमालेले जनताको काम गरेर मन जितेको दावी गर्दै कसैलाई पद चाहिएर गठबन्धन गरेर जनताले नमान्ने बताए ।बैशाख ३० गते हुने चुनावले नतिजा देखाई दिने भन्दै उनले भने– निर्वाचन कस्तो हो भनेर देखाउने जिम्मेवारी यहांका जनताको हो हो, यहांका जनता एमालेको पक्षमा छन्,गठबधनलाई देखाइ दिन्छन उनले भने । अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र र धाधलीरहित बनाउन चनाखो बन्न आग्रह गर्दै कसैले गृहमन्त्रीको जिल्ला हो भनेर कसैले धाक नलगाउन सक्छन् त्यस विषयमा सबै राष्ट्रसेवकलाई ध्यान दिन आग्रह गरे । नेकपा एमालेले लिएको नीति, विकासको नेतृत्व, राष्ट्रिय एकताको नेतृत्व एमालेको चुनाव जित्ने आधार भएको बताए। समृद्ध नेपालका लागि, राष्ट्रिय हित विपरीत स्वार्थ केन्द्रीत राजनीतिका लागि भएको परमादेश सरकारले विभिन्न षडयन्त्रबाट मुद्दा जितेर सरकार बनाउने, जनताबाट जितेर होइन, अदालतबाट आदेश लिएर आएको नेता ओलीको आरोप छ । जनतालाई खुलेयाम धम्काउँदा निर्वाचन आयोगले के गरेर बसेको छ ? भन्दै ओलीले प्रश्न गरे गर्दै गठबन्धनलाई जनताले नचिन्ने बताए ।रुपन्देहीको बुटवलमा आएर एमाले कस्तो पार्टी हो भन्ने बताउनु पर्ने बताउंदै अधयक्ष ओलीले भने– बृद्धबृद्धा, अपांग, असक्तलाई भत्ता दिने, हुलाकी बाटो बनाउने, राजमार्ग बिस्तार गर्ने, मदन भ(डारी राजमार्ग बनाउने, विमानस्थाल बिस्तार गर्न एमाले चाहिने रहेछ भन्ने सबैलाई महशुस भएको छ । एमाले अध्यक्ष ओलीले सुकुम्बासीको दीर्घकालीन समाधानका लागि विशेष योजना बनाएको बताए । कार्यक्रममा नेकपा एमालेका सचिव, छविलाल विश्वकर्मा र स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमालेले हजिोका दिनमा गरेका कामको आधारमा जनताले एमालेलाई जिताउने बताए । नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष जागेश्वरी चौधरीको स्वागत र सचिव यज्ञ गैरेको सञ्चानमा कार्यक्रम भएको थियो ।
नेकपा एमालेको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका प्रत्यासी बाबुराम भट्टराईले मुलुकको सम्वृद्वि बुटवलको समग्र विकासका लागि एमालेले जित्नु पर्नेमा जोड दिए ।