गठबन्धनका उम्मेदवारलाई जिताउन विद्यार्थी संगठनबीच एकमत

बुटवल, बैशाख २६गते। गठबन्धन दलमा आवद्व पांच विद्यार्थी संङसंगठनले गठठबन्धनका उम्मेदवारहरुलाई जिताउने पक्षमा एमत भएका छन् ।गठबन्भनका उम्मेदवारहरुलाई चुनावमा कसरी जिताउन सकिन्छ भन्ने विषयमा आइतबार बुटवलमा पांच विद्यार्थी संङसंगठनबीच संयुक्त भेला भएको छ ।गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौको संयुक्त भेला गरिएको हो ।भेलाले पच दलीय गठबन्धनलाई जिताउनका लागि मतदाताको घरदैलोमा जाने निर्णय भएको विद्यार्थी परिचालन समन्वय समितिका संयोजक अर्जुन खनालले बताए।उक्त भेलामा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष तथा नेविसंघका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले अहिले जीतहारको मात्रै विषय नभएर संविधान र व्यवस्था रक्षाको लागि महत्वपूर्ण निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउने विद्यार्थीको का.धमा आएकाले त्यसप्रति गम्भीर भएर लाग्न आग्रह गरे ।त्यस अवसरमा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बुटवलको मुहार फेर्नका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने त्यसका लागि विद्यार्थी संगठनहरुको ठूलो भूमिका रहने बताए ।उहाँले आफूले चुनाव जितेमा गरेका वाचा र प्रतिवद्धता प्राथमिकताको आधारमा ५ वर्षभित्र पुरा गर्ने र आमनगरवासीलाई बुटवलको विकास भएको महशुस गराउने प्रतिवद्धता जनाए ।उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले गठबन्धनको पक्षमा माहौल बनाउन विद्यार्थी संगठनहरुले पहल गर्नुपर्ने आवश्यक रहेको बताउंदै निर्वाचनको समयमा हुने गलत क्रियाकलाप रोक्नका लागि विद्यार्थीलाई सचेत हुन आग्रह गरे ।