स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला

बुटवल, बैशाख२७ गते। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरीको मृत्यु भएको छ ।ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा खेलाडी सञ्जु चौधरी मृत्यु भएको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ ।प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिएकी हुन् । एसियाली खेलकुदको तयारीका लागि केहि दिन अगाडि मात्र उनी आएकी थिइन् ।१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिस रचेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताएको छ ।