झिमरुक सजिलै जितिन्छ – गठबन्धन

     

शंकरप्रसाद पोखरेल
प्यूठान,बैशाख२७गते।स्थानीय तहको चुनावको मिती नजिकिएसंगै प्युठानको झिमरुक गाउंपालिका चुनावी अभियानले तातेको छ ।पांच दलीय गठबन्धनबीच चुनावी तालमेल हुन नसकेको झिमरुक गाउंपालिकामा राष्ट्रिय जनमोर्चा र कांगे्रसबीच चुनावी तालमेल भएको छ। माओवादी केन्द्रले अध्यक्ष छोड्न नमानेपछि राष्ट्रिय जनमोर्चा र कांगे्रसबीच तालमेल भएको हो। राष्ट्रिय जनमोर्चा र कांगे्रस पांच दलीय गठबन्धन भित्रका दल हुन्।झिमरुक गाउंपालिका राष्ट्रिय जनमोर्चाको बाहुल्यता भएको गाउंपालिका हो। स्थानीय तहको चुनावमा झिमरुकमा राष्ट्रिय जनमोर्चा र कांगे्रसको चुनावी तालमेल भएकाले जितको सुनिश्चित हुने दुइ दलीय गठबन्धनका स्थानीय नेताहरुको दावी छ ।राष्ट्रिय जनमोर्चा र कांग्रेसको गठबन्धनले झिमरुकका सबै वडा र वस्तीहरुमा घरदैलो, जभेटघाटका साथै ठाउंठाउंमा सभाहरु गरिरहेको छ ।बैशाख ३० गतेको स्थानीय तहको चुनाव जित्नका लागि दुवै दलका केन्द्रदेखि स्थानीय नेताहरु लागि परेका छन् ।झिमरुकमा केही दिन यतादेखि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, वासुदेव पोखरे, विद्यार्थी नेताहरु विमल पोखरले, शुभास जीसी र कांगे्रसका नेताहरु खिमानसिंह रायमाझी, प्राध्यापक डाक्टर गोविन्द पोखरेल, डाक्टर विष्णु पोखरेल, रोज राणा, निमा गिरी लगायतका नेताहरु सभादेखि घरदैलो अभियानमा लागेका छन्। यस अघि निर्वाचित तिलकबहादुर जीसी अध्यक्षको टिमले राम्रो काम गरेकाले अहिलेको चुनावमा राष्ट्रिय जनमोर्चा र कांगे्रसको गठबन्धनप्रति जनलहर बढेको देखिन्छ। राष्ट्रिय जनमोर्चा र कांगे्रसका नेताहरु र गठबन्धनका प्रत्यासी अध्यष पदका उम्मेदवार टिका जीसीले झिमरुको उच्च विकास गरेर नमुमना गाउंपालिका बनाउने प्रतिवद्वता जनाएका छन्। गठबन्धन बाट अध्यक्ष पदका उम्मेदवार टीका जीसिले आफुहरुले चुनाव जित्नेमा ढुक्क रहेको बताउंदै ईमानदार भएर गठबन्धनका उमेदवारहरुलाइ जिताउन आग्रह गरेका छन्। त्यसै गरि गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उमेदवार प्रमोद पोखरेलले झिमरुको विकासमा एकतावद्व भएर लाग्ने प्रतिवद्वता जनाएका छन्।

नेकपा माओवादी केन्द्रको विज्ञप्ती

 

झिमरुकमा पांच दलीय गठबन्धन भित्रका जसपा र नेकपा एकीकृत समाजवादीको संगठनको अवस्था कमजोर छ। गठबन्धन भित्रको माओवादी केन्द्रले भने एमालेसंग चुनावी तालमेल गरेको छ। गठबन्धनको तर्फकबाट केन्द्र तहमा पांच दलीय गठबन्धन भित्रका दलबहाहेक अन्य कसंसंग चुनावी तालमेद गर्न नपाइने निर्णय छ। तर माओवादी केन्द्रले एमालेसंग चुनावी तालमेल गरेको छ ।एमालेसंग माओवादी केन्द्रले तालकले गरेपछि, एमाओवादीका तर्फबाट उम्मेदवार बनेका पितबहादुर एम्सीलाई पार्टीले कारवाहीको चेतावनी दिएको छ।माओवादी केन्द्रले एमालेसंग गरिएको चुनावी तालमेल पार्टीको निर्णय विपरित भएको भन्दै त्यसबाट हट्न आग्रह गर्दै नहटे कारवाही हुने विज्ञप्ती निकाले चेतावी दिएको छ । पार्टीको निर्णय बिरुद्व एमालेसंग भएकोचुनावी तालमेल माओवजादी केन्द्रले बिरोध गरेपछि अहिले माओवादी केन्द्र र एमालेबीचको गठबनधन झनै कमजोर भएको सहज रुपमा अनुमान गर्न सिकन्छ ।