झिमरुकमा कमजोर संगठन भएर चुनाव हारेको होइन, प्राविधिक हिसावले हारेका छौ

सरोज न्यौपाने
हामी हाम्रो सबैभन्दा बलियो जनाधार भएको क्षेत्रबाट पराजित हुन पुगेका छौँ । इमानदारपूर्वक भन्ने हो भने हाम्रो आन्तरिक पार्टी जीवनको एउटा दुःखद घटाना हो– झिम्रुक पराजय ! यसले हामीलाई निकै नै गम्भीर र चिन्तित बनाएको छ । निश्चय नै पार्टी मातहतमा यसबारे गम्भीर समिक्षा हुने नै छ ।
तर, पराजयको विडम्बनापूर्ण घटनालाई अनुभूत गरेर भन्न सकिने कुरा के हो भने हामीले नयाँ ढंगले सोच्नेबेला आएको छ । हाम्रो भोटले केन्द्रीय सत्ताको स्वाद चाख्ने, प्रदेश सरकारमा रजाइँ गर्नेदेखि हाम्रो काधमा चढेर चुनाव जित्नेहरूले नै हामीलाई हराउन सफल भए । यो प्रकारको षड्यन्त्रमूलक घटनाको गम्भीरतापूर्वक समिक्षा गरेर मात्रै आगामी निर्वाचनको सहकार्यबारे योजना बनाउनुपर्नेछ । हचुवाको भरमा, क्षणिक स्वार्थका लागि दुश्मनसँग मिल्ने कुरा कतिधेरै घातक हुन्छ भन्ने कुराको बलियो दृष्टान्त हो यो । यसबाट पनि नसिक्ने र नसच्चने हो भने भविष्यमा हामीले थप क्षति बेहोर्नुपर्ने र षड्यन्त्रका दुष्चक्रमा फस्दै जाने हुनसक्छ ! झिम्रुकको हारले हामीलाई गम्भीर शिक्षा दिएको छ, त्यसबाट पाठ सिक्न जरुरी छ !
इमानदारीपूर्वक भन्दा– हामी बास्तबमै पराजित भएका छौँ ! सूर्य थापाको भाषामा भन्दा आज झिमरुकमा हाम्रो सत्ता खोसिएको छ ! प्रतिस्पर्धाका नाममा, गठबन्धनको बहानामा, षड्यन्त्रमूलक एवम् योजनाबद्ध ढंगबाट घेराबन्दी र मोर्चाबन्दीको सहारामा चोरबाटोबाट हामीलाई हराइएको छ । तर, हामीले प्राप्त गरेको जुन जनमत छ, जिन्दगीभर यिनीहरू त्यसको छेउछाउ पुग्नेछैनन् । हामी आत्तिनुपर्ने छैन, किनकि, हामी कमजोर संगठन भएर चुनाव हारेको होइन । हाम्रो जनमत नभएकाले या जनताले नपत्याएर हार्नुपरेको होइन । झिमरुकबाट गिलासमा उत्साहजनक रूपमा मतदान भएको छ, जनाधार हिजोको भन्दा बलियो बनेको छ । तर, प्राविधिक हिसाबले हारेका छौँ ! हामीले प्राविधिक हिसाबले हारेको विषयलाई स्विकार्नुपर्छ । र, निकट भविष्यमा यसलाई सच्याउनेगरी अघि बढ्नुपर्छ ! हामीले प्राप्त गरेको व्यापक जनसमर्थन र जनमतलाई साक्षी राखेर यति भन्न सक्छौं, यो झिम्रुकका तीनदलको चरम महत्वाकांक्षा र अवसरवादी चरित्रको मिलेमतो र साँठगाँठलाई ढिलोचाँडो भत्काइदिने नै छौँ । हामी त्यसको लागि सक्षम छौँ । हाम्रो इतिहासले त्यसलाई पुष्टि गर्छ !
कांग्रेसको राजनीतिमा धोकाधडी र घात÷अन्तरघात सामान्य र स्वभाविक विषय हो । तर, हाम्रो ईमानको राजनीतिप्रति भने यो ज्यादै महत्व र चिन्ताको विषय हो । हामी इमानदारीपूर्वक समझदारीलाई कार्यनयन गरेर जान्छौं । यसैको फाइदा प्रमोद पोख्रेल नेतृत्वको झिम्रुकको कांग्रेसले उठाउन खोज्यो । यसको जवाफ पार्टीले आफ्नो ढंगले भविष्यमा दिँदै जानेछ !
ब्ब अर्कोतर्फ, वर्षौंदेखि मसाल सिध्याउन हिंडेकाहरूको षड्यन्त्र यसपटक सफल भयो । म फेरि दोहो¥याउन चाहन्छु, यसलाई हामीले चिर्न सकेनौं ! खासगरी एमाले र सँगसँगै माओवादीहरू मोहनविक्रमलाई समाप्त गर्ने योजनामा क्षेत्रीय हिसाबले लागिरहेकै थिए । त्यसलाई सूर्य थापाले सार्वजनिक मंचबाट अभिव्यक्त गरिरहन्थें । उनीहरूको लामो समयदेखिको षड्यन्त्र यसपटक पुरा भयो । तर, त्यसलाई निस्तेज पार्नेछौँ । यसतर्फ त्यहाँको पार्टी संगठन गम्भीरतापूर्वक लाग्ने कुरामा कुनै कसर बाँकी राख्ने छैन । षड्यन्त्र र अवाञ्छित आक्रमण सह्य हुँदैन, हुन दिइनेछैन !
साथीहरू, हामीले यो कुरा भन्ने छुट छैन कि कांग्रेसले भोट नहाल्दिएर चुनाव हा¥यौँ । हामी भित्र पनि समिक्षा जरुरी छ । मसालविरोधी क्भलतष्mभलत लाई समयमै बुझेर अगाडि बढेको भए हामीले जितेको चुनाव हार्नु पर्दैन थियो ! जसको राजनीतिको मुख्य उदेश्य (अझ भनौं नियत) नै मसाल सिध्याउने थियो, उसलाई काँध हालेर हिंड्दाको परिणाम हो यो । हामी ज्योतिषी त होइन, तर, विगतको लामो शृङ्खलालाई विश्लेषण गर्दा निकट भविष्यको दुष्परिणमलाई अनुमान् गर्न सक्नुपर्थ्यो ! यसको धरातलीय यथार्थलाई विश्लेषण गरेर जान नसक्दा हामीले निर्णायक ठाउँमा पुगेर चुक्नुपरेको छ । पार्टीको लागि यो एउटा शिक्षा हो, सिक्नुपर्ने पाठ हो ।

अन्तमाः बिर्सनलायक झिम्रुक पराजयबाट हामीले अतालिनुपर्ने पनि छैन । हाम्रो तर्फबाट केहीँ वडासहित १४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । एकल रूपमा हेर्दा हामीले सर्वाधिक मत प्राप्त गरेका छौँ ! यसकारण हामी संगठन र जनमत हुँदाहुँदै पनि प्राविधिक हिसाबले पराजित हुन बाध्य भयौं ! आज माओवादीबाट पितबहादुरले संगठनले चुनाव जितेका होइनन् । षड्यन्त्रको बलमा जबर्जस्त सत्ता खोसिएको छ, तर, हाम्रो पुनरागमन अवश्यम्भावी छ, अपरिहार्य छ । हामी अझै सुदृढ भएर, अझ बढी बलियो भएर दुश्मन शक्तिका विरुद्ध ठिङ्ग उभिने छौँ । हाम्रो रक्तरन्जित इतिहास र झिम्रुकको उत्साहपूर्ण जनमतलाई साक्षी राखेर निरन्तर र सक्रियतापूर्वक झिम्रुक समुदायसँगै रह्यौँ भने यिनीहरूको कृत्रिम बहुमतको सत्ता टीठलाग्दोगरि ढल्ने छ । शानदार हारबाट हामी थप उत्साहित हुनुपर्नेबेला आएको छ ।