बुटवलको प्रमुखमा खेलराज र उपप्रमुखमा सावित्राको जीत निश्चित जस्तै  

बुटवल,जेठ६गते।बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एमालेकी सावित्रा अर्याल विजयको नजिक पुगेका छन्।गठबन्धनको तर्फबाट प्रमुखमा उठेका कांगे्रसका खेलराज पाण्डेले ६ हजार बढीले एमालेका बाबुराम भट्टराई भन्दा अगाडी छन्।त्यस्तै उपप्रमुमा एमालेकी सावित्रा अर्यालले गठबन्धनका उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङको भन्दा शुरुदेखि नै धेरै मतका साथ अग्रता कायम छ।उपप्रमुखमा अर्यालले जित्ने निश्चित जस्तै छ। प्रमुखमा खेलराज पाण्डेको जित्ने निश्चित जस्तै छ। बुटवल उपमहानगरपालिकाका १९ वडा वडामध्ये अब ११ र १२ वडाको मत मात्र गन्न बांकी रहेको छ। वडा नम्बर ११ मा एमालेको अग्रता छ, भने वडा नम्बर १२ मा कांगे्रसको अग्रता छ। वडा नम्बर १२ मा कांगे्रसको बढी बाहुल्यता र वडा नम्बर ११ मा एमालेको बाहुल्यता मानिन्छ। वडा नम्बर ११ मा एमालेले धेरै मत ल्याएपनि कांगे्रसका खेलराज पाण्डेले थोरै मत ल्याएपनि खेलराजले जित्ने  पक्का जस्तै छ। वडा नम्बर ११ मा एमालेले अत्याधिक मत ल्याएपनि अब खेलराज पाण्डेको विजयको यात्रा कसैले रोक्न सक्ने अवस्ता छैन।बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डे र उपप्रमुखमा सावित्रा अर्यालको निश्चित जस्तै छ।बुटवल उपमहानगरपालिकाका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगण्ना सकिएको छ।वडा नम्बर १ मा कांगे्रसका बागी उम्मेदवार विजयी भएका छन्।वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। वडा नम्बर ३, ४, ५,६, ७, ८, ९, १३, १५, १६, १७ मा कांगे्रस विजयी भएको छ। त्यस्तै वडा नम्बर १०,१४,१८ र १९ वडामा एमाले विजयी भएको छ।