संघीयताका बिरुद्व राजमो सभा

'संघीयता खारेज नगरिए देशै खारेज हुन सक्छ'

श्यामलाल पोखरेल

बुटवल । संघीयताको बिपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले आइतबार देशभर संघीयताको बिरोधमा सभाहरु गरेको छ । राष्टिय जनमोर्चाले रुपन्देहीको बुटवलमा पनि संघीयताको बिरुद्व बिरोध सभा गरेको छ । संघीयता र भ्रष्टाचारका बिरुद्व आयोजना गरिएको सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले संघीयताका कारण नेपालको अवस्था कमजोर भैसकेको बताउनुभयो । नेपाल र नेपाली जनताले संघीयतालाई धान्न नसक्ने बताउंदै प्रदेश खारेज गरी प्रदेश चलाउने खर्च शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो ।

नेपालको भौगोलिक, आर्थिक र सामाजिक अवस्थाले संघीयता थेग्नै नसक्ने नेता केसीको दावी छ । .बलियो केन्द्रिय सरकार र अधिकार सम्पन्न स्थानीय सरकार भएपछि नेपालको लागि काफी हुने बताउनुभयो । भारतको ग्राइन डिजाइन र युरोपिएन युनियनहरुको स्वार्थमा ल्याइएको संघीयतालाई समयमा खारेज गर्न नसकिए भविष्यमा संघीयताले नेपालनै खारेज गर्न सक्ने नेता केसीको तर्क छ । उहांले नेपालको राज्य, सरकारले जनताका आधारभूत समस्याहरु समाधान गर्न नसकेको बताउंदै हत्या, हिंसा, राष्ट्रघात, भ्रष्टाचार र अत्याचार बढेको बताउनुभयो । वर्तमान सरकार कम्युनिष्टको सरकार नभएको दावी गर्दै सत्तारुढ नेकपाले कम्युनिष्टको नाममा कम्युनिष्टको बदनाम गरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयताले जनतामा निरासा छाएको बताउनुभयो । उहांले राष्ट्रिय जनमोर्चाको एकल प्रयासले मात्र संघीयता खारेन सम्भव नभएकाले संघीयता बिरुद्व संगठित भएर आन्दोलनमा उत्रन सबैलाई आग्रह गर्नुभयो । संघीयताको नाममा राष्ट्रिय विखण्डन गर्ने, तराईलाई पहाडी भूभागबाट अल्ग्याउने, सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक भड्काव पैदा गराउने काम भइरहेको बताउनुभयो ।

अखिल नेपाल किसान महासंघ रुपन्देही अध्यक्ष गणे गौतमले संघीयताले देशको विकास हुन्छ भन्नु गलत मानसिकता भएको उल्लेख गर्दै संघीयताले दशे ओरालो लागेको बताउनुभयो । संघीयता चाहनेहरुले संघीयताको नेपाली मौलिकता, त्यसको परिभाषा, औचित्य आदिबारे अहिलेसम्म कुनै वस्तुपरक तर्क दिन नसकेको बताउंदै नेता गौतमले भन्नुभयो – संघीयताको कुनै ऐतिहासिक पृष्ठभूमि नहुनु र संघीयता चाहनेहरुले मौलिक अर्थ सहित त्यसको औचित्यता प्रष्ट पार्न नसक्नुले नै नेपालमा संघीयतावादीहरुको औचित्य समाप्त भइसक्यो ।

राष्ट्रिय जनमोर्चा रुपन्देही उपाध्यक्ष इन्द्रिरा ज्ञवालीको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी लक्ष्मी कुवंर र अखिल छैठौ रुपन्देही अध्यक्ष सरोजमान सिंहले संघीयताविरुद्धको संघर्षप्रति ऐक्यवद्धता जनाउन सबैलाई आग्रह गर्नुभयो । संघीयता, राष्ट्रघात, भ्रष्टाचारको बिरुद्व, गणतन्त्रको पक्षमा आन्दोलनरत राष्ट्रिय जनमोर्चाको आह्वानमा देशका ७७ वटै जिल्ला, भारत लगायत अन्य देशहरुमा आइतबार संघीयताको बिरोध गरेको सो पार्टीले जनाएको छ ।