बुटवलमा गठबन्धनको तर्फबाट कांगे्सका खेलराज पाण्डे निर्वाचित

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल निर्वाचित

बुटवल,जेठ ७ गते। रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांगे्रसका खेलराज पाण्डे निर्वाचित भएका छन्।पांचदलीय गठबन्धनको साहाराबाट खेलराज पाण्डे उपहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन। पाण्डेले पाण्डेले ३० हजार १३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । पाण्डेको निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम भट्टराईलाई हराउंदै निर्वाचित भए । एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गर्दै पाण्डे शनिबार नगर प्रमुखमा निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टर्राले २२ हजार ५ सय ९७ मात्र मत ल्यारु पराजित भएका हुन ।उपप्रमुमा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । उपप्रमुखमा अर्यालले २४ हजार ९ सय ४ मत ल्याएर सावित्रा अर्याल निर्वाचित भएकी हुन। उनका प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उपप्रमुका उम्मेदवार चिनबहादुर गुरुङलाई ७ हजार ९९४ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् ।नेकपा एकीकृत समाजवादीका उपप्रमुका उम्मेदवार चिनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत मात्र ल्याएर उपप्रमुमा पराजित भएका हुन। चीनबहादुर गुरूङलाई ७ हजार ९९४ मतले पराजित गर्दै सावित्रा अर्याल निर्वाचित भएकी हुन् ।१९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये ६३ हजार १७ मत खसेको थियो । १० वडा वडामध्ये एमालले वडा नम्बर १०, ११, १४, १८ र १९ गरी पांचवटा मात्र वडा जित्न सफल भएको छ ।वडा नम्बर १ मा स्वतन्त्र, २ मा नेकपा एस, ३ मा रुख चिह्नबाट लडेर माओवादी केन्द्र निर्वाचित भएको छ । त्यस्तै वडा नम्बर ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६, र १७ गरी कांगे्रसले १२ वटा वडा जित्न सफल भएको छ ।बुटवलमा एमालेलाई जनमुक्तिको साथ थियो, भने कांगे्रससंग पाचदलीय गठबन्धन थियो ।