रुपन्देहीका १५ पालिकाको मत गणना सम्पन्न

बुटवल,जेठ८गते।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा १५ पालिकाको मत गणना सकिएको छ । अब तिलोत्तमाको मात्र मत परिणाम आउन बांकी छ । ।ति पालिकाहरुमा मतगणना भैरहेको छ।तिलोत्तमानगरपालिका,लुम्बिनीसांस्कृतिक नगरपालिका र कोटहीमाई गाउंपालिकाको मत गणना सकिएको छैन।मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मतपरिणाम त्यस्तै एमालले तीन वटा पालिकामा जितेको छ, भने एक एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीको जितेका छन्।मत गणना भैरहेको तिलोत्तमा नगरपालिकामा कांग्रेस अगाडि छ,भने कोटहीमाई गाउंपालिकामा एमाले अग्रता कायम गरेको छ। गठबन्धनको तर्फबाट कांगे्रसले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सुद्धोधन गाउंपालिका, सियारी गाउंपालिका, कञ्चन गाउंपालिका, सम्मरीमाई गाउंपालिका र मायांदेवी गाउंपालिका जितेको हो ।त्यस्तै एमालेले देवदह नगरपालिका, ओमसतीया गाउंपालिका र गैडहवा गाउंपालिका जितेको छ। जनता समाजवादी पार्टीले रोहिणी गाउंपालिका र जनता प्रगतिशील पार्टीले मर्चवारी गाउंपालिकामा जितेका छन्।कांग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय र उपमेयरमा एमालेकी साबित्रा अर्याल, सैनामैना नगरपालिकामा फाणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना, सिद्धार्थनगर नगरपालिकाको मेयरमा ईस्तियाक अहमद खान र उपमेयरमा एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् ।त्यस्तै कांग्रेसले जितेको शुद्धोधन गाउंपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी,सियारी गाउंपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा कांग्रेसकै तारा थारु, कञ्चन गाउंपालिकामा नवराज ढकाल र उपाध्यक्षमा कांग्रेसकै मौषमी थापा, सम्मरीमाई गाउंपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा कांग्रेसकै कुमारी प्रियंका शाही,मायादेवी गाउंपालिकाको अध्यक्षमा धुर्ववनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायको विजयी भएकी छन् ।त्यस्तै एमालेले जितेको देवदह नगरपालिकाको मेयरमा धुर्व खरेल र उपमेयरमा एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतीया गाउंपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी विजयी भएका छन् ।गैडहवा गाउंपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र पौडेल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी भएकी छन् ।रोहिणी गाउंपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार विजयी भएकी छन् । मर्चवारी गाउंपालिका जितेको जनता प्रगतिशील पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा जनता प्रगतिशील पार्टीकै आशासिंह निर्वाचित भएको निर्वाचन कार्यालय रुपन्देहीले बताएको छ ।