एमालेका कारण अबरुद्व,लुम्बिनी प्रदेश सभा सुचारु

    बुटवल,जेठ१०गते। लुम्बिनी प्रदेश सभा सुचारु भएको छ । प्रतिपक्ष दल एमालेले ११ महिनादेखि अवरुद्ध गर्दै आएको थियो । प्रदेश सभा एमालेले अबरुद्व नगरेपछि अबरुद्व हुंदै आएको प्रदेस सभा अबरुद्वको अन्त्य भएको हो । एमालले अबरोध नगरेपछि मंगलबारदेखि अबरुद्वको अन्त्य भएको हो। एमालेले गएको साउनदेखि लुम्बिनी प्रदेश सभा अवरोध गर्दै आएको थियो ।एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरुलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो। मंगलबार आह्वान गरिएको प्रदेशसभाको दशौं अधिवेशनको दोस्रो बैठक एमालेले अवरोध नगरेपछि सहज रुपमा सुचारु भएको छ ।मंगलबार प्रदेशसभाको १० औं अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै निवर्तमान मुखमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल एमालेका नेता शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदमपछि हटेर संसद्को गतिरोध अन्त्य गरेको बताए। लामो समयसम्म संसद अवरुद्ध हुंदा जनतामा नराम्रो सन्देश जाने भएकाले एमालेले जनादेशको सम्मान गर्दै संसद्को गतिरोध अन्त्य गरेको शंकर पोखरेलले बताए ।संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रदेश सरकार र सभामुख त्यति गम्भीर नदेखिएको पोखरेलको आरोप छ।प्रदेशको स्थायी राजधानीको व्यवस्थापनमा पूर्वाग्रहले निर्माणको कामले गति लिन नसकेको भन्दै पोखरेलले गुरूयोजना अनुसार राजधानीको पूर्वाधार निर्माण गर्न माग गरेका छन्। मंगलबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको छ। प्रदेशसभाको अर्को बैठक भोली बुधबार दिउंसो १ बजे बस्ने गरी स्थगीत भएको छ ।